‘यौनिक तथा लैगिंक अल्पसंख्यक माथि शिक्षा नीतिमा बिभेदको व्यवस्था छैन ‘

‘यौनिक तथा लैगिंक अल्पसंख्यक माथि शिक्षा नीतिमा बिभेदको व्यवस्था छैन ‘

काठमाडौं (पहिचान) साउन १२ – शिक्षा मन्त्रालयका उपसचिव गौरी शंकर पाण्डेले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायबारे जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिइरहनु पर्ने वताएका छन् । घर, परिवार र समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनिसकेको छैन पाण्डेले भने, प्रभावकारी रुपमा जनचेतना मुलक कार्यक्रम संचालन गरिरहनु पर्छ । शिक्षा र जनचेतनाको स्तर  बढाउन सके यो समूदायका सदस्यलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्ने पाण्डेको भनाई छ ।

IMG_20150728_134807800नील हिरा समाजको दिवा परियोजनाले संचालन गरेको नेतृत्व विकास र यौन स्वास्थ्य सम्वन्धी तालिमका सहजकर्ता उपसचिव पाण्डेले कक्षा ६, ७ र ८ को स्वास्थ्य तथा शारीरिक शिक्षामा जस्तै कक्षा ९, १०, ११ र १२ को पाठ्यक्रममा पनि यौनिक तथा लैगिंक अल्पसंख्यकको बिषय समावेश गर्नु पर्ने धारणा राखे । यसका लागि पाठ्यक्रम विकास केन्द्रमा पहल गर्न नील हिरा समाजलाई पाण्डेको सुझाव छ ।

उनले शिक्षा नीतिमा यो समूदायलाई विभेद गर्ने प्रावधान नरहेको वताए । शिक्षा लिन पाउने नैसर्गिक अधिकारबाट कोही पनि नागरिक बञ्चित हुनु हुँदैन उपसचिव पाण्डेले भने, सबै शिक्षित भए सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । तालिममा तेस्रोलिंगी पुष्पा लामाले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्य माथि यौन हिंसा हुने गरेको वताइन । लामाले समूदायका सदस्य माथि हुने यौन हिंसाबारे उजुरी लिन नमान्ने समस्या समेत रहेको वताइन । तालिममा सहभागीहरुले घर, परिवार, समाज र राज्यले सम्वोधन नगर्दा यो समूदायका सदस्यले आत्महत्या गर्ने गरेको वताए । परिवारको दवावमा पर्ने र स्वीकार नगर्दा आत्महत्या नै गर्ने गरेको उनीहरुको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading