ओ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण शुरु

ओ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण शुरु

काठमाडौं (पहिचान) साउन १९ – राहदानी विभागले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई ओ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण शुरु गरेको छ । विभागले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई लिंगको महलमा अन्य उल्लेख गरेर राहदानी वितरण शुरु गरेको हो । प्राविधिक काम सकिएकाले ओ उल्लेख गरेर राहदानी वितरण शुरु गरिएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए । ओ अर्थात अन्य उल्लेख गरेर राहदानी लिन नागरिकतामा अन्य उल्लेख भएको हुनुपर्ने थापाले वताए ।

नागरिकताको आधारमा राहदानी वितरण हुन्छ महानिर्देशक थापाले भने, लिंगको महलमा ओ उल्लेख भएको नागरिकता पेश गरेर राहदानी माग्ने एक जनालाई ओ अर्थात अन्य उल्लेख गरेर राहदानी दिइएको छ । उनले पहिचान अनुसारको राहदानी लिन पाउने जानकारी यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायलाई जानकारी गराइसकेको वताए । राहदानी विभागले लिंगको महलमा ओ उल्लेख गरेर टिकापुर कैलालीकी तेस्रोलिंगी मनोज शाही मोनिकाको राहदानी तयार गरेको जनाएको छ ।

राहदानी विभागले फोन गरेर ओ अर्थात अन्य उल्लेख गरेको राहदानी लिन आउनु भनेको छ तेस्रोलिंगी मोनिकाले खुशी हुँदै भनिन, यो नील हिरा समाज, यसका अभियन्ता सुनिलबाबु पन्त, पिंकी गुरुङ, मनिषा ढकाल, परसुराम राई लगायतको योगदान हो म सबैलाई धन्यवाद दिन्छु । उनले केही दिनमा काठमाडौं आएर ओ अर्थात अन्य उल्लेख भएको राहदानी लिने पहिचान अनलाइनलाई वताइन । बिश्वमा ओ अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण गर्ने सम्भवत नेपाल पहिलो देश हो । यसअघि अष्ट्रेलिया र न्यूजिल्याण्डले एक्स उल्लेख गरेर राहदानी वितरण गरिरहेका छन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले नागरिक प्रतिको जिम्मेवारी पूरा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

यो पनि पढ्नुहोस : बिश्वमा “ओ” उल्लेख गरेर राहदानी वितरण गर्ने नेपाल पहिलो राष्ट्र हुने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading