प्रचण्डले समलिंगी तेस्रोलिंगीलाई बोलाए

प्रचण्डले समलिंगी तेस्रोलिंगीलाई बोलाए

काठमाडौं (पहिचान) साउन २१ – सिंहदरवारमा रहेको राज्य व्यवस्था समितिको हलबाट बाहिरिएर गाडिमा बसिसकेका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तपाईहरु केही भन्न आउनु भएको हो ? भनेर सोधे ।  गाडिको सिसा खोलेर यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई प्रचण्डले केही भन्न आउनु भएको हो ? भनेर सोधेका हुन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई र समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता सुजन पन्त प्रचण्डले आफूहरुलाई सोध्नु भएको हो कि होइन होला भन्दै नजिकै गए ।

आफू चढेको गाडिको सिसा आधा खोलेर अध्यक्ष प्रचण्डले सोधे के छ तपाईहरुको ? जवाफमा कार्यकारी निर्देशक ढकालले संबिधानको मस्यौदामा लेखिएको यौनिक अभिमुखिकरण र यौनिक तथा लैगिंक अल्पसंख्यक भन्ने शब्द नहटाइदिनुहोस भनिन् । एकिकृत नेकपा माओवादीले संबिधानसभामा दिएको सुझावमा आफ्नो समूदायको अधिकार लेखिएकोमा धन्यवाद दिदै ढकालले मस्यौदामा लेखिएको अधिकार नहटाइदिन आग्रह गरिन । प्रचण्डले संबिधानको मस्यौदामा लेखिएको अधिकार यथावत राख्दै थप अधिकारका लागि पार्टीले पहल गरिरहेको वताए ।

यस्तै एकिकृत नेकपा माओवादी संसदीय दलका प्रमूख सचेतक गिरिराज मणी पोखरेलले मस्यौदा संबिधानमा लेखिएको यो समूदायको अधिकार हटाउन नहुनेमा पार्टी प्रतिवद्ध रहेको वताए । उनले आफ्नो पार्टी यौनिक अभिमुखिकरणबारे प्रष्ट रहेकाले अधिका कटौती हुनेमा शंका नगर्न आग्रह गरे । यस्तै सिंहदरवारमा भेट भएका नेपाली काँग्रेसबाट संबिधान सभा सदस्य भएका रमेश लेखकले यौनिक अभिमुखिकरणबारे राजनीतिक संवाद तथा सहमति समिति र मस्यौदा समितिका सदस्यहरुलाई बुझाउन सुझाव दिए । म यौनिक अभिमुखिकरण राख्नु पर्छ भनिरहेको छु लेखकले भने, तर केही साथीहरु यसको विरोध गरिरहेका छन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल र उपनिर्देशक परसुराम राईले यौनिक अभिमुखिकरण हटाइए आफ्नो समूदाय फेरी पनि अधिकार विहिन भएर बस्नु पर्ने वताए । उनीहरुले यसमा विवाद नगर्न गरेको आग्रहमा काँग्रेसका नेता समेत रहेका लेखकले आफू यो बिषयमा सकारात्मक रहेको र अरु सभासद्लाई दवाव दिन सुझाव दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.