यौनिक तथा लैगिंक अल्पसंख्यक माथिको विभेद संविधानले अन्य गर्छ : कर्ण

यौनिक तथा लैगिंक अल्पसंख्यक माथिको विभेद संविधानले अन्य गर्छ : कर्ण

काठमाडौं, (पहिचान) साउन २७ – संविधानसभा सदस्य रञ्जित कर्णले यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकार संविधानमा सुनिश्चत हुनु पर्नेमा जोड दिएका छन् । नयाँ संविधानले भाषा, जाती, लिङ्ग, भूगोल लगायत अहिलेसम्म पछि परेका वर्ग तथा समुदायलाई समेट्नु पर्ने कर्णको भनाई छ । अहिलेसम्म पछि परेको समुदाय मध्य यौनिक तथा लैगिंक पनि एक रहेको भन्दै सभासद कर्णले समलिंगी तेस्रोलिंगी भएकै कारण विभेद हुने अवस्थाको अन्त्य संविधानले नै गर्नु पर्ने बिचार ब्यक्त गरे । 

“तेस्रोलिंगी पनि प्राकृतिक हुन् भन्ने कुराको पुष्टि भइसकेको अवस्थामा अब उनीहरुको अधिकार संविधानै लेखिनु पर्छ,” कर्णले पहिचानसँग कुरागर्दै भने, “अब पनि पहिचानकै आधारमा कसलै विभेद भोग्न पर्ने अवस्था आउनु हुँदैन ।”

यौनिक पहिचानका आधारमा विभेद हुनु हुदैन भनेर संविधानको मस्यौदामा लेखिएको भन्दै उनले अब बाँकी अधिकार र अन्य कुरा ऐन तथा कानुनले संबोधन गर्ने बताए । “अहिले जति कुरा उल्लेख भएको छ यो नै पर्याप्त छ, बाँकी कुरा अब बन्ने सरकारले कानुन बन्दा त्यसमा उल्लेख गर्नु पर्छ उनले भने, यति भयो भने समलिंगी तेस्रोलिंगी पनि अन्य नागरिक सरह समान अधिकार उपभोग गर्नबाट बञ्चित हुने छैनन् ।”
कतिपय वर्ग तथा समुदायले संविधानको मस्यौदामा अधिकार समेटिएन भनेर पनि आन्दोलन गरिरहेको भन्दै उनले ऐन तथा कानुनले पनि संबोधन गर्ने हुँदा अहिलेनै नआत्तिन आग्रह गरे । अहिले आएको मस्यौदा अन्तिम नभएको भन्दै कर्णले कतिपय कुरा थपघट पनि गर्न सकिने स्पष्ट पारे ।
समलिंगी विवाहको मागका संबन्धमा आँफुलाई यसबारे धेरै जानकारी नभएको भन्दै सभासद कर्णले यसबारे बहस तथा छलफल गरेर निष्कर्षमा पुग्न सकिने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.