लैगिंक सचेतना तालिममा सहभागी गराउन सुझाव

लैगिंक सचेतना तालिममा सहभागी गराउन सुझाव

काठमाडौं (पहिचान) साउन २८ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले नेपाल प्रहरीले संचालन गर्ने लैगिंक सचेतना तालिममा आफ्नो समूदायलाई सहभागी गराउन सुझाव दिएको छ । लैगिंकतामा आधारित हिंसा र मानववेचविखन सम्वन्धी कार्याक्रममा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले लैगिंक सचेतना तालिममा आफ्नो समूदायका सदस्य पनि सहभागी हुनुपर्ने वताइन ।

नेपाल प्रहरीले लैंगिंक हिंसा अन्त्य गर्न संचालन गर्ने तालिममा महिला र पुरुष मात्रै उल्लेख गरिएको भन्दै ढकालले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई पनि सहभागी गराउनु पर्ने वताइन । प्रहरी बरिष्ट उपरीक्षक कृष्णप्रसाद गौतमलाई ढकालले प्रहरी नीतिमा महिला पुरुष मात्रै नभएर यो समूदायको पहिचान हुने अन्य वर्ग भनेर उल्लेख गर्न सुझाव दिइन ।

सरकारले केही दिन अघि मात्रै अन्य उल्लेख गरेर पासपोर्ट दियो, समूदायका सदस्यले नागरिकता पनि पाउन थालेका छन् ढकालले भनिन्, नेपाल प्रहरीले पनि समलिंगी तेस्रोलिंगीको पहिचान खुल्ने नीति नियम बनाउनु पर्यो । राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत कमल थापा क्षेत्रीले यौनिक तथा लैगिंक अल्पसंख्यक माथि हुने हिंसा अन्त्य हुनुपर्नेमा आयोग सकारात्मक रहेको वताए । प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ट उपरीक्षक कृष्णप्रसाद गौतमले नेपाली नागरिक सबैलाई समान व्यवहार गरिरहेको वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading