समुह बनाएर आए तेस्रोलिंगीका लागि मात्रै तालिम संचालन हुन्छ : सीटीइभीटी उपाध्यक्ष

समुह बनाएर आए तेस्रोलिंगीका लागि मात्रै तालिम संचालन हुन्छ : सीटीइभीटी उपाध्यक्ष

काठमाडौं (पहिचान) साउन ३० – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका नवनियुक्त उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले समलिंगी तेस्रोलिंगी समुदाय समुहगत रुपमा तालिम लिन आएमा सीटीइभीटीले छुट्टै तालिम संचालन गरिदिने बताएका छन् । ‘सकेसम्म त समाजसँगको घुलमिलमै पुरुष महिलासँगै तालिम लिन म सुझाव दिन्छु’ उपाध्यक्ष डा. बस्नेतले भने, ‘तर उहाँहरुलाई व्यवहार फरक हुने भएका कारण समस्या हुन्छ र आफ्नै समुहमा आएर तालिम लिन चाहनुहुन्छ भने सीटीइभीटीले छुट्टै तालिम पनि संचालन गर्छ ।’
समलिंगी तेस्रोलिंगी समुदायको आवाज कार्यक्रम पहिचानमा कुरा गर्दै उपाध्यक्ष बस्नेतले यस्तो बताएका हुन् । उनले कस्तो तालिम लिने भन्ने विषयमा भने समुदाय आफैले पहिचान गरेर आउँदा उचित हुने बताए ।
‘हामीसँग धेरै प्रकारका तालिमहरु छन्, ती मध्ये कुन तालिम यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी समुदायका लागि आवस्यक हो त्यो समुदायले नैं पहिचान गरेर आओस’ उनले भने, ‘सीटीइभीटीले संचालन गर्ने तालिममा समलिंगी तेस्रोलिंगी भएका कारण कसैले विभेद गर्दैन बरु अवसर लिनका लागि प्रोत्साहन गर्ने छ ।’ उनले समलिंगी तेस्रोलिंगी हुनु प्रकृतिले नैं दिएको स्वभाविक भएको भन्दै त्यस्तो भएकै कारण अधिकारबाट बंचित हुन नहुने बताए ।
‘पहिचानका लागि हामी फरक हौं भन्ने देखाउन फरक समुह निर्माण गर्नु उपयुक्त हो’ उनले भने, ‘तर अवसर लिने समयमा समुहमा वा व्यक्तिगत रुपमा जुन उपयुक्त हुन्छ, त्यही विकल्प रोज्नु र आफूलाई सक्षम बनाएर राख्नु आवस्यक छ ।’ उपाध्यक्ष बस्नेतले समलिंगी तेस्रोलिंगी समुदाय आफैले तालिम संचालन गर्ने भएपनि प्रक्रिया पु¥याएर सीटीइभीटीमा आउन सुझाव दिएका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले छुट्टै तालिम लिन पाउने नीतिगत व्यवस्था गर्न आग्रह गरे । यो समूदायमा विपन्न व्यक्तिहरु पनि छन्, गुरुङ र ढकालले भने, उनीहरुलाई छात्रवृत्तिको व्यवस्था पनि गरियोस ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading