नतिजा आउने गरी काम गर्न सुझाव

नतिजा आउने गरी काम गर्न सुझाव

काठमाडौं (पहिचान) भदौ १ – नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले स्थानीय तह देखि केन्द्रसम्म अधिकार प्राप्तिको अभियान चलिरहेको वताएकी छन् । नर्वेजियन दूतावासकी कन्सुलर इलिन जेनसेन सहितको टोलीसँग ढकालले अभियानकै कारण संबिधानको मस्यौदामा आफ्नो समूदायको अधिकार लेखिएको वताइन । उनले नील हिरा समाजसँग नर्वेजियनसँगै राष्ट्र संघिय विकास कार्यक्रम, सेभ द चिल्ड्रेन लगायतका दातृ संस्थाले सहयोग गर्दै आएको जानकारी दिइन । 

हामी माथि हुने विभेद अन्त्य गर्ने अभियानमा नर्वेजियन दूतावासको सहयोगमा संचालित रेडियो कार्यक्रम पहिचान देशका विभिन्न ७ वटा एफ एम रेडियोबाट प्रसारण भइरहेको छ ढकालले भनिन्, अधिकार प्राप्तिको अभियानमा पहिचानको भूमिका महत्वपूर्ण छ ।

उपनिर्देशक परसुराम राईले नर्वेजियन दूतावासको सहयोगमा देशका विभिन्न ठाउँमा मानवअधिकार हनन विरुद्ध कार्यक्रम संचालन भइरहेको वताए । हाम्रो समूदाय माथि जहाँ पनि विभेद हुन्थ्यो राईले भने, मानवअधिकारका गतिविधि र संचारमाध्यमवाट भएका वकालतले विभेद केही कम भएको छ ।

IMG_20150818_152216674समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेमबहादुर थापाले मस्यौदा संबिधानमा लेखिएको अधिकार यथावत रहे यो समूदाय माथि भइरहेको विभेद कम हुने वताए । थापाले समलिंगी विवाहबारेको प्रतिवेदन कार्यान्वय गराउन लविङ गर्न र समतामुलक समाज निर्माणका लागि सहयोग आवश्यक रहेको वताए ।

अधिवक्ता सुजन पन्तले संबिधानको मस्यौदामा लेखिएका अधिकार कायम राख्न र थप अधिकार लेखाउन दवाव आवश्यक रहेको वताए । दूतावासकी कन्सुलर इलिन जेनसेनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका लागि आफ्नो सहयोग रहने वताइन । दुतावासकी कमला विष्टले अभियानलाई तिव्रता दिदै नतिजा आउने गरी काम गर्न सुझाव दिइन । उनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले सन् २००४ देखि मनाउँदै आएको गाइजात्रा यो बर्ष पनि सफल होस भनेर शुभकामना पनि दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.