सबै वर्ग तथा समुदायका अधिकार संविधानमा लेखिनु पर्छ : पूर्वरजिष्टार तिमल्सिना

सबै वर्ग तथा समुदायका अधिकार संविधानमा लेखिनु पर्छ : पूर्वरजिष्टार तिमल्सिना

काठमाडौं, (पहिचान) भदौ २ -सर्बोच्च अदालतका पूर्व रजिष्टार डा.रामकृष्ण तिमल्सिनाले नयाँ संविधानले समलिंगी तेस्रोलिंगी सँगै सबैका अधिकार संबोधन गर्नु पर्ने बताएका छन् । सबैका अधिकार संबोधन गर्न सक्ने संविधान नै उत्कृष्ट र पूर्ण संविधान हुने उनको भनाई छ । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा डा. तिमल्सिनाले भने, “संविधानले अधिकार सुरक्षित गर्न नसके कानुन निर्माण हुन सक्दैन त्यसैले सबै वर्ग तथा समुदायका अधिकार संविधानमा लेखिनु पर्छ ।”
“सबैले अधिकार पाउनु पर्छ । तर, दलित, पिछडिएको, लैगिक अल्पसंख्यक भनेर संविधानमा लेख्नु पर्दैन भन्ने मरो बिचार छ,” तिमल्सिनाले भने, “सबैको अधिकार संविधानमै लेख्न संम्भव पनि हुदैन । एउटा क्लजमा सबै नेपाली नागरिक समान हुन भनेर भनियो भने त्यही अनुसार कानुन निर्माण गर्न सकिन्छ ।” विश्वका कुनै पनि राष्ट्रले संविधानमै समलिंगी तेस्रोलिंगीका अधिकार उल्लेख नगरेको जानकारी दिदै संविधानविद् समेत रहेका तिमल्सिनाले भने, “कानुनमा भने धेरै देशले यौनिक तथा लैगिक अल्पसंख्यकका अधिकार लेखेका छन् ।
अब बन्ने संविधानले पनि समलिंगी तेस्रोलिंगीलाई संबोधन गर्न सकेन भने त्यो दुर्भाग्य हुने उनको भनाई छ । “२०६४ सालमा सर्वोच्च अदालतमा नागरिकताको अधिकारका लागि यौनिक तथा लैगिक अल्पसंख्यकले मुद्धा दायर गर्न जाँदा यो मुद्दा नै दर्ता गर्नु हुँदैन भन्ने मान्छेहरु पनि थिए,” डा. तिमल्सिनाले भने, “त्यो बेला म सर्वोच्चमा रजिष्टार थिँए । यो मुद्दा दायर गर्नु पर्छ भन्नेमा म पनि हुँ ।”
उनले लिंगकै आधारमा समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुनेमा जोड दिए । आफ्नो स्कुल, कलेज तथा कुनै पनि संघ संस्थामा विभेद हुन नहुने बताउदै आफुले संचालन गरेको “नेशलन ल कलेज”मा लिंगको आधारमा विभेद नहुने स्पष्ट पारे । आफ्नो कलेजमा पढ्न आउने समलिंगी तेस्रोलिंगीलाई सरकारी नियम अनुसार सेवा सुबिधा उपलब्ध गराउने उनले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading