बंगुर पाल्दै यौनिक तथा लैगिंक अल्पसंख्यक

बंगुर पाल्दै यौनिक तथा लैगिंक अल्पसंख्यक

राज चौधरी/कैलाली (पहिचान) भदौ ७ – यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी बंगुर पालन व्यवसायमा लागेका छन् । जिल्ला विकास समिति कैलालीको आर्थिक सहयोगमा एक हप्ताको तालिम लिएर ११ जना समलिंगी तेस्रोलिंगीले बंगुर पालन व्यवसाय थालेका हुन् । नील हिरा समाजको शाखा कार्यालय सुदुरपश्चिम समाजले ११ जना यो समूदायका व्यक्तिलाई बंगुर वितरण गरेको छ ।

जिल्ला विकास समिति कैलालीले चालु आर्थिक बर्ष यो समूदायको सीप मुलक तालिम र आय आर्जनका लागि विनियोजन गरेको एक लाख रुपैयाँले तालिम दिएर बंगुर वितरण गरिएको सुदुरपश्चिम समाजका अध्यक्ष मनोज चौधरीले जानकारी दिए । जिविसले गएको वर्ष पनि एक लाख रुपैयाँ यो समूदायको सीप विकासका लागि विनियोजन गरेको थियो । गएको बर्ष प्राप्त सहयोगले यो समूदायका सदस्यलाई सिलाई कटाई र ड्राइभिङ तालिम दिइएको अध्यक्ष चौथरीले वताए ।Kailali

यो बर्ष भने जिविसले बंगुर पालनकै लागि बजेट विनियोजन गरेकाले ११ जनालाई एक एक वटा बंगुर उपलव्ध गराइएको चौधरीले जानकारी दिए । सुदुरपश्चिम समाजले समलिंगी, तेस्रोलिंगी, दुई लिंगी र अन्तरलिंगी समूदायका सदस्यको यौन स्वास्थ्य, मानवअधिकार एवं सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ । समाजको वकालतकै कारण कैलाली जिल्लामा यो समूदायका सदस्यलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको अध्यक्ष चौधरीले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading