“पछाडि पारिएको क्षेत्र, बर्ग र समूदायको अधिकार नलेखिएको संबिधान मान्य नहुने”

“पछाडि पारिएको क्षेत्र, बर्ग र समूदायको अधिकार नलेखिएको संबिधान मान्य नहुने”

काठमाडौं (पहिचान) भदौ ८ -चुनावमा भोट माग्न आउँछन्, गाउँका ठूला ठालु भनौदाले यति भोट म सँग छ भन्दै मतदातालाई भेटाउँदैन र मोलमोलाई गर्छन । कति मतदाता त उम्मेदवार पनि चिन्दैनन्, तिनै ठूला ठालु भनाउँदाले भनेको ठाउँमा मत दिन्छन् । एकातिर मत दिनेलाई आफ्नो कब्जामा पार्ने समूह छ भने अर्को तिर राज्यले पहिचान अनुसारको नागरिकता नदिएका कारण मताधिकारबाट बञ्चित हुने अर्को समूदाय पनि छ । यो समूदायका बारेमा गाउँका ति ठूला भनाउँदाहरुले कहिले पनि कुरो उठाउँदैनन् । न त उनीहरुको पहिचानको कुरो नै गर्छन । दलित अधिकारकर्मी पदम सुन्दास ठूला ठालुको आदेश लिएर भोट खसाल्ने मतदातालाई सचेत गराउनु पर्नेमा जोड दिन्छन् ।

कोही दलित भएकै कारण, कोही मधेशी भएकै कारण, कोही यौनिक तथा लैगिंक अल्पसंख्यक भएकै कारण नागरिकता पाउनबाट बञ्चित छन् पूर्व सभासद् शंभु हजरा पासवानले भने, नेपाली नागरिक भएको पहिचान अनुसारको नागरिकता दिन राज्य किन कन्जुस्याई गरिरहेको छ ? अझै पनि नागरिकता नपाएको बर्ग, समूदाय छ उनले भने नागरिकता नभएका कारण उनीहरुले लालपूर्जा समेत पाएका छैनन् । उनले बिघठित संबिधान सभामा रहँदाको अनभुव सुनाउँदै भने, संबिधानमा जति नै राम्रा सुझाव दिए पनि संसदबादी र गैरसंसदबादीको लडाईले ति सुझावको सुनुवाई हुँदो रहेनछ ।

11921899_526192540877505_1612775465_n (1)मतदातालाई चेतना जगाउने उद्धेश्यले पहिलो पटक यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाज सहित २१ वटा विभिन्न संघ संस्था आवद्ध रहेको राष्ट्रिय मतदाता अधिकार मञ्च नेपालको उद्धघाटन कार्यक्रममा सुन्दास र पासवानले व्यक्त गरेको विचार हो यो । पूर्व सभामुख दमन नाथ ढुङ्गाना, पूर्व प्रमूख निर्वाचन आयुक्त भोजराज पोखरेल, सुर्यप्रसाद श्रेष्ठ, पूर्व आयुक्त विरेन्द्र मिश्र, अधिकारकर्मी प्रदिप पोखरेल लगायतले मतदाता सचेत नभएसम्म लोकतन्त्र बलियो नहुने वताए । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले पछाडि पारिएको क्षेत्र, बर्ग र समूदायको अधिकार नलेखिएको संबिधान मान्य नहुने वताए ।

उनले सबै बर्ग, सबै क्षेत्र, सबै समूदायसँगै तेस्रोलिंगीको मताधिकारबारे पनि चेतना जगाउनु पर्ने वताए । पहिचान अनलाइनसँगको कुराकानीमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो समूदायका सदस्यले संबिधानको मस्यौदामा दिएका सुझाव गायव बनाउने नेतालाई विश्वास गरेर भोट दिने कुनै आधार बाँकी नरहेको वताइन । हाम्रो बारेमा बोल्ने पार्टी, नेता कोही रहेनछन् अध्यक्ष गुरुङले भनिन् आफ्नो समूदायको सदस्यको मताधिकार सुनिश्चित गर्न सामूहिक अभियान थाल्छौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading