बाटोमा हिड्दा प्रहरीले त्रसित बनाएको समलिंगी तेस्रोलिंगीको गुनासो

बाटोमा हिड्दा प्रहरीले त्रसित बनाएको समलिंगी तेस्रोलिंगीको गुनासो

628
SHARES

चितवन (पहिचान) भदौ १० – चितवनमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई प्रहरी प्रशासनले झुटा आरोप लगाएर गिरफ्तार गरेको मानव सचेत समाज चितवनले जनाएको छ । नील हिरा समाजको शाखा कार्यालय समाजका देव श्रेष्ठले साउन १८ गते निर्दोष तीन जना तेस्रोलिंगीलाई प्रहरीले पक्रेर ३ दिन थुनामा राखेको वताए । ट्रक चालकको पैसा चोरी गरेको अभियोगमा तेस्रोलिंगी अस्मिता, विपसा र रोेशनीलाई पक्रेको र चोरी गर्ने अरु नै भएको पत्ता लगाएपछि रिहा गरेको श्रेष्ठले वताए ।

तर जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक मनबहादुर क्षेत्रीले मानव सचेत समाजले चोरीमा संलग्नलाई खोजेर बुझाएपछि पहिले पक्राउ परेकालाई रिहा गरेको वताए । क्षेत्रीले राजमार्गमा तेस्रोलिंगीनै चोरी गरेको ट्रक चालकले उजुरी दिएपछि पक्राउ गरेको क्षेत्रीले वताए ।

महिला र पुरुषले ट्रक चालकको पैसा चोरी गर्दा पनि तेस्रोलिंगीको बसेको कोठा, खाना खाने होटलवाट पक्रेर प्रहरी प्रशासनले झुटा मुद्दा लगाई थुनामा राखेर सास्ती दिने गरेको चितवनका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायले वताएपनि प्रहरीले झुटा मुद्धा लगाएर तेस्रोलिंगीलाई थुनामा नराखेको दावी गरेको छ । प्रहरीले तेस्रोलिंगीलाई बाटोमा हिडडुल गर्दा पनि अब देखि हिडे लगेर थुनिदिने भनेर आफूलाई त्रसित बनाएको समलिंगी तेस्रोलिंगीको गुनासो छ ।

समाचार शेयर गर्नुहोस्
628
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.