गाइजात्रा महोत्सवको तयारी पूरा

गाइजात्रा महोत्सवको तयारी पूरा

819
SHARES

काठमाडौं (पहिचान) भदौ ११ – यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले गाइजात्रा महोत्सवको तयारी पूरा भएको जनाएको छ । सन् २००४ देखि हरेक बर्ष दिवंगत समूदायका सदस्यको सम्झनामा मैनवत्ती बालेर श्रद्धाञ्जली व्यक्त गर्ने र लुकेर बसेका समूदायका सदस्य आफ्नो इच्छा अनुसारको भेषमा खुलेर आउने दिनको रुपमा समाजले गाइजात्रा महोत्सव मनाउँदै आएको छ ।काठमाडौंको त्रिदेवी मार्ग ठमेलमा भदौ १३ गते दिउँसो साढे १२ बजे जम्मा भएर बाजागाजा, झाँकी, प्लेकार्ड, व्यानर सहित विभिन्न ठाउँको परिक्रमा गरी धरहरामा पुगेर दिवंगत समूदायका सदस्यको श्रद्धाञ्जली सभा गरिने समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।

यो बर्षको गाइजात्रा महोत्सवको नारा भुइचालोमा चर्किएको आशा, संबिधानले जोड, संरचना पुर्नर्निर्माण गर्दा, लैगिंक विभेद छोड, हामी मानव सबै भिन्न, सबैमा समानता खोजौ, यौनिक लैगिंक अल्पसंख्यक, आफ्नो पहिचान रोजौ तय गरिएको छ ।

गाइजात्रा महोत्सवको सबै तयारी पूरा भएको र देशभरबाट झण्डै ३ सय समलिंगी तेस्रोलिंगी काठमाडौं आउने अध्यक्ष गुरुङले जानकारी दिइन । गाइजात्रा महोत्सवको यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्तले सफलताको शुभकामना दिएका छन् ।

समाचार शेयर गर्नुहोस्
819
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.