तेस्रोलिंगी पत्रकार बन्नु पर्छ : मगर

तेस्रोलिंगी पत्रकार बन्नु पर्छ : मगर

बाँके (पहिचान) भदौ १६ – नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले पत्रकारको छुट्टै लिंग, धर्म नहुने वताएका छन् । पत्रकार महिला मात्रै होइन, तेस्रोलिंगी पनि हुन्छन् महासचिव मगरले भने, हामी महिला, दलित, अपाङ्गता भएका, तेस्रोलिंगी सबै बर्ग, क्षेत्रको प्रतिनिधित्व होस भन्ने चाहन्छौ । पत्रकार आफैमा पहिचान भएकाले महिला, पुरुष, तेस्रोलिंगी वर्ग र क्षेत्रको पत्रकार भनेर पहिचान खोज्नु नपर्ने महासचिव मगरले वताए ।

मध्यपश्चिमको बाँकेमा आन्दोलनरत पक्षबाट भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना र पत्रकार माथि भएका आक्रमणका घटनाबारे अध्ययन गर्न गएको मिसन टोलीका संयोजक समेत रहेका महासचिव मगरले तेस्रोलिंगीको समस्या उजागर गर्न उनीहरुनै पत्रकार बन्नु पर्नेमा महासंघले प्रेरित गरिरहेको वताए ।

नेपाल पत्रकार महासंघले सदस्यता फर्ममा महिला, पुरुष र अन्य उल्लेख गरिसकेको छ । तेस्रोलिंगीको समस्या अरुलाई थाहा नहुन सक्छ महासचिव मगरले भने, तर पत्रकार भइसकेपछि तेस्रोलिंगी पत्रकार भनिरहनु पर्दैन । उनले पत्रकार निर्मम हुने कुरा नभुल्न पनि सुझाव दिए । गल्ती कामको ढाँकछोप गर्नु हुँदैन उनले भने, तथ्यमा आधारित सत्य कुरा बाहिर ल्याउन सबै बर्ग र क्षेत्रका व्यक्ति पत्रकार बन्नु पर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading