निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“प्रमुख दल संविधान सभालाई नैं कब्जामा लिएर निर्णय प्रक्रियामा गए”

“प्रमुख दल संविधान सभालाई नैं कब्जामा लिएर निर्णय प्रक्रियामा गए”

548
SHARES

काठमाडौं (पहिचान) भदौ १७ – राप्रपा नेपालका सभासद विराज विष्टले प्रमुखदल जिम्मेवार भएर प्रस्तुत नहुँदा यौनिक तथा लैगिक अल्पसंख्यकका अधिकार सुनिश्चित नहुने संकेत देखिएको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा सभासद विष्टले प्रमुख दल संविधान सभालाई नैं कब्जामा लिएर निर्णय प्रक्रियामा गएको बताए ।
‘प्रमुख दलका प्रमुख नेता जनताको सहभागितामा आधारित भएर संविधान बनाउने भन्दापनि आफ्नो इच्छा आकांक्षा अनुरुप अघि बढि रहनु भएको छ’ विष्टले भने, ‘त्यसको परिणाम गलत आउन सक्छ र अल्संख्यकका अधिकार अनिश्चित हुन्छन्, राष्ट्रले अझै धेरै दु:ख पाउने अवस्था पनि आउनसक्छ ।’ उनले कुनै सिद्धान्तमा अडेर पनि काम नगर्ने र सहकर्मी राजनीतिक शक्तिको अस्तित्व समेत स्वीकार नगर्दा असहिष्णुताको जग बलियो भएको बताए ।
‘यहाँ विरामीले डाक्टरलाई र एक नेपालीले अर्को नेपालीलाई विश्वास गर्न नसक्ने अवस्था श्रृजना भएको छ’ उनले भने, ‘यो सामाजिक धन समेत गुमिरहेको अवस्थामा समाजिक सदभाव कायम हुने र समाजले नस्वीकारेको वर्गलाई समाजमै स्थापित गर्ने कुरा कसरी संभव हुन्छ ?’ उनले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी सहित बहिस्करणमा परेका सबै वर्गलाई मुलधारमा ल्याउन पहिला प्रमुख दलले उदारताको नमुना प्रस्तुत गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
548
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.