सरकारी सेवामा प्रवेश गर्नबाट बञ्चित गराउनु हुँदैन : मन्त्री पण्डित

सरकारी सेवामा प्रवेश गर्नबाट बञ्चित गराउनु हुँदैन : मन्त्री पण्डित

815
SHARES

काठमाडौं (पहिचान ) भदौ १७ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई राज्यको सेवा भित्र प्रवेश नपाउने अवस्थाको अन्त्य हुनुपर्ने वताएका छन् । राज्यको सेवा भित्र यो समूदायलाई प्रवेश गर्नबाट वञ्चित गराउनु हँुदैन मन्त्री पण्डितले भने, प्रवेश गराउने दायित्व र जिम्मेवार निकाय लोक सेवा आयोग हो । प्रतिष्पर्धा गर्ने क्षमता भएका यो समूदायका सदस्यलाई समावेशी गराउनुपर्नेमा मन्त्री पण्डितले जोड दिए ।

IMG_20150903_135935986नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्मा, समलिंगी पुरुष विश्वराज अधिकारीसँगको भेटमा मन्त्री पण्डितले समानता निरपेक्ष हुन नहुने वताउँदै सापेक्ष समानता हुनुपर्नेमा आफ्नो प्रतिवद्धता रहेको वताए । कोही पनि नागरिक अन्यायमा पर्नु हुँदैन उनले भने, म कसैलाई संकुचित सोचबाट हेर्दिन । समाजकी कार्यकारी निर्देशक ढकालले सरकारी निकायले आफ्नो समूदायलाई विभेद र दुरव्यवहार गर्ने गरेको वताउँदै विभेद र दुरव्यवहार अन्त्य गर्ने नीतिगत व्यवस्था गर्न आग्रह गरिन ।

सरकारी कर्मचारीलाई तालिम दिदाँ यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समूदाय माथि विभेद नगर्न सर्कुलर जारी गर्नु पर्र्यो ढकालले भनिन्, हामी मानव सबै भिन्न सबै समानको नीति राज्यले अवलम्वन गर्नु पर्छ । मन्त्री पण्डितले यो समूदायवारे विभेद र दुरव्यवहार नगर्न मन्त्रालयले दिने तालिममा समेत चेतना जगाएको वताए । चेतनाको विकास भएपनि केहीको व्यवहारमा परिवर्तन हुन सकेको छैन मन्त्री पण्डितले भने, कर्मचारीलाई दिइने प्रशिक्षणमा महिले कसैलाई पनि विभेद र दुरव्यवहार नगर्न भन्ने गरेको छु । समाजकी कार्यकारी निर्देशक ढकालले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न माग गरिन ।

समाचार शेयर गर्नुहोस्
815
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.