‘हामी जोकर होइनौं’

‘हामी जोकर होइनौं’

नितु घले/ पहिचान  – केटाको रूपमा जन्म लिए पनि बाल्यकालमा भाँडाकुटी खेल्दादेखि नै केटीको हाउभाउ र संगत मन पराउँथिन् मेघना लामा। लगभग पाँच वर्षको उमेरदेखि आफूलाई बेग्लै महसुस गर्न थालेकी उनी कुर्ता, स्कर्ट, सारी लगाउन मन पराउँथिन्। प्राकृतिक रूपमा केटा तर मन मस्तिष्कले केटी भएकाले उनी म को हुँ, के हुँ भन्ने कुरामा अल्मलिरहिन्। लामो समयसम्म उनले यो कुरा खुलेर कसैलाई भन्न सकिनन्। सन् २००८ मा जब नील हीरा समाजमा पुगिन् त्यसपछि आफूजस्तै मानिसलाई तेस्रोलिंगी भनिँदो रहेछ भनेर थाहा पाइन्।’आफ्नो सेक्सुवालिटीको बारेमा थाहा नहुँदा मान्छेको भेदभाव सहेर हिँड्नु पर्थ्‍यो।

उपयुक्त समय आएपछि इतिहास रचेर धुमधामका साथ विवाह गर्ने मैले योजना बनाएकी छु। म तेस्रोलिंगी समुदायमा उदाहरणीय विवाह गर्न चाहन्छु।
Meghana_lama_2म के हुँ भन्न सक्दिनथिएँ तर म अहिले खुलेर भन्न सक्छु’, मेघना भन्छिन् । परिवारमा दाइको मृत्यु भएपछि उनी एक्लो सन्तान बनिन्। ‘बाबाले वंश चलाउनुपर्छ, विवाह गर्नुपर्छ भनेर दबाब दिइरहनुभएको छ तर म केटी हुँभन्दा कसैले सकारात्मक रूपमा लिएनन्’, मेघना गुनासो गर्छिन्, ‘मैले यो रूप अपनाएर धेरै संघर्ष गरेपछि बल्ल परिवारबाट अहिले स्वीकार्न थालिएको छ।’
झापाबाट काठमाडौं आएकी २३ वर्षीया मेघना अहिले तेस्रोलिंगी समुदायको रोल मोडल बनेकी छन्। विभिन्‍न संघसंस्थामा आबद्ध उनी परामर्शदाताको रूपमा काम गर्दै आएकी छन्।
अमेरिकी दूतावासको ‘युथ काउन्सेलिङ’मा परामर्शदाताको रूपमा काम गर्दै आएकी उनले बलिउड ठुलो बजार भएकाले त्यहाँ गएर राम्रो काम गरी आफ्नो र देशको नाम राख्ने लक्ष्य लिएकी छन्। ‘बलिउडमा पनि परामर्शदाता बन्ने सपना छ। किनकि तेस्रोलिंगी जोकर होइनन् भन्ने प्रमाणित गर्ने मेरो चाहना छ।’
आफ्नो सेक्सुवालिटीको बारेमा थाहा नहुँदा मान्छेको भेदभाव सहेर हिँड्नु पर्थ्‍यो। म के हुँ भन्न सक्दिनथिएँ तर म अहिले खुलेर भन्‍न सक्छु।
Meghana_lama_third_genderफेसन डिजाइनिङ पढेकी मेघना मोडलिङ क्षेत्रमा पनि जमेकी छन्। पछिल्लो समय नेपालमा फेसन डिजाइनरको संख्या धेरै भएकाले उनलाई अलग्गै व्यवसायमा लाग्ने रहर जाग्यो। केही महिनाअघि काठमाडौंको वसन्तपुरमा पिंक टिफानीनामक रेस्टुरेन्ट व्यापार सुरु गरेकी छन्। ‘अठार लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको यो रेस्टुरेन्टमा दस जनाले रोजगारी पाएका छन्’, मेघना भन्छिन्।
पुरुषकै रूपमा नागरिकता लिएकी उनी समाजमा व्याप्त भेदभावप्रति आक्रोशित छिन् । लिंगलाई होइन प्रतिभालाई हेरेर अवसर दिनुपर्छ भन्ने उनको भनाइ छ। केही समयदेखि प्रेमसम्बन्धमा रहेकी उनको तत्कालै विवाह गर्ने सोच भने छैन। ‘उपयुक्त समय आएपछि विवाह गर्ने छु।
म तेस्रोलिंगी समुदायमा उदाहरणीय विवाह गर्न चाहन्छु’, आफ्नो विवाह योजनाका बारेमा उनी भन्छिन्, ‘इतिहास रचेर धुमधामका साथ विवाह गर्ने मैले योजना बनाएकी छु।’

सभार : See more at: http://annapurnapost.com/News.aspx/story/18541#sthash.e2KfgVVj.dpuf

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.