“कस्तो कार्यक्रम संचालन गर्दा उपयुक्त हुन्छ ? सुझाव दिनुहोस”

“कस्तो कार्यक्रम संचालन गर्दा उपयुक्त हुन्छ ? सुझाव दिनुहोस”

अम्विका दाहाल/काठमाडौं (पहिचान) भदौ २४ – महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका लागि संचालन गर्ने तालिम र सचेतना कार्यक्रमको सुझाव माग गरेको छ । यो समूदायका लागि सचेतना र तालिमका कार्यक्रम आबश्यक रहेको निष्कर्ष सहित मन्त्रालयले सरोकारवाला संस्थाहरुसँग सुझाव माग गरेको हो । मन्त्रालयका सहसचिव शंकरप्रसाद पाठकले घर, परिवार र समामा रहेको नकारात्मक धारणा हटाउन संचालन हुने सचेतना कार्यक्रमका लागि सरोकारवाला संस्थाहरुसँग सुझाव माग गरेका हुन् ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाज लगायतका संस्थाका प्रतिनिधिसँगको छलफलमा सहसचिव पाठकले यो समूदायमा रहेको नकारात्मक धारणा हटाउन सचेतना र यो समूदायको वृत्ति विकासका लागि तालिम संचालन गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिए । यसका लागि कस्तो कार्यक्रम संचालन गर्दा उपयुक्त हुन्छ ? पाठकले भने, सुझाव दिनुहोस । पाठकले कार्यक्रममा सहभागि समलिंगी तेस्रोलिंगीहरुले हामी यस्तो खालको कार्यक्रम गर्छौ र यो कार्यक्रम गर्न उपयुक्त हुन्छ भनेर सम्बन्धित संस्थाहरुको सुझाव मन्त्रालयमा ल्यायपछि त्यस अनुसार कार्यक्रम गर्ने योजना रहेको बताए । उनले समलिंगी तेस्रोलिंगीको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुसँग बिगतमा पनि सहकार्य र छलफल भइरहेको बताए ।

नील हिरा समाजको दिवा परियोजनाकी कार्यक्रम संयोजक भूमिका श्रेष्ठले सरकारी निकायबाट आफ्नो समूदायका लागि उपयुक्त तालिम र जनचेतनामुलक कार्यक्रम गर्न सके राम्रो हुने बताइन । उनले यो समूदाय माथि हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि सरकारी निकायले नै जनचेतना जगाउदाँ राम्रो सन्देश जाने वताइन । छलफलमा सहभागी समलिंगी तेस्रोलिंगीले राजनीतिक दलका नेताहरुदेखि लिएर सरकारी सेवामा रहेका सामान्य कर्मचारीहरुले पनि आफ्नो समूदायका सदस्यलाई बुझ्न र समान व्यवहार गर्ने चेतनाको विकास हुनु पर्ने आबश्यकता औल्याए । 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading