“यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सबैका अधिकार संविधानले समेट्छ”

“यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सबैका अधिकार संविधानले समेट्छ”

958
SHARES

काठमाडौं (पहिचान) भदौ २६ – नेपाली कांग्रेसका सभासद रामहरि खतिवडाले यौनिक तथा लंगिक अल्पसंख्यक सहित सबैका अधिकार संविधानले समेट्ने बताएका छन् । यौनिक तथा लंगिक अल्पसंख्यक समुदायको अवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा सभासद् खतिवडाले संविधानले धेरै विषय समेटेको भन्दै सबैका अधिकार सुनिश्चितताकैं लागि संविधानसभा मार्फत संविधान बन्न लागेको बताए । ‘२००६ सालमा वीपी कोइरालाले देखेको संविधानभामार्फत संविधान बनाउने सपना पुरा हुन लागेको छ’ खतिवडाले भने, ‘यो अबसरलाई सदुपयोग गरेर सबै समुदायका अधिकार सुनिश्चित गरेर समृद्धिको बाटोमा अघि बढ्ने समय आएको छ ।’

उनले समलिंगी तेस्रोलिंगी देखि, मधेसी, थारु, चेपाङ, डोम, सतार सबै अल्पसंख्यकले संविधान जारी भएपछि आफ्नो ‘स्पेस’ पाउने बताए । ‘प्रमुख नेताहरुले परिस्थितिलाई व्यवस्थापन गर्न नसक्दा अधिकार पाएका समुदायले समेत अनुभुत गरिरहेको जस्तो देखिएको छैन’ उनले भने, ‘सबैजातिले एकैपटक सतप्रतिशत अधिकार प्राप्त हुने सपना देख्नुभन्दा आफूलाई टेक्ने ठाउँ प्राप्त भयो वा भएन भनेर हेर्नुपर्ने हुन्छ ।’ उनले संविधान बनेर देश समृद्धीको बाटोमा अघि बढेपछि बाँकी रहेका सबै अधिकार आफै सुनिश्चित हुँदै जाने उनले बताए । ‘देशको अवस्था नाजुक भएर द्वन्द्वतिर गए कसैका पनि अधिकार सुनिश्चित हुँदैनन्’ खतिवडाले भने ।

समाचार शेयर गर्नुहोस्
958
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.