अन्यको राहदानी पाउने भूमिका तेस्रो

अन्यको राहदानी पाउने भूमिका तेस्रो

मैले भूमिकाकै नामबाट नागरिकता लिने भने तर पाइन । म तेस्रोलिंगी महिला हुँ । मलाई पहिलो कैशाल श्रेष्ठको नामबाट नागरिकता दिइएको थियो । नील हिरा समाजको अधिकार प्राप्तिको अभियान पछि आफ्नो पहिचान खुलेको नागरिकता र राहदानी त पाए, तर नाम पूरानै कायम भयो । सबैले भूमिका भनेर चिन्छन । नागरिकता र राहदानीमा भूमिका छैन । मैले भूमिका श्रेष्ठकै नामबाट अन्य उल्लेख गरेर नागरिकता र राहदानी पाउने व्यवस्था होस् ।
IMG_20150913_121821880काठमाडौं (पहिचान) भदौ २७ – तेस्रोलिंगी भूमिका श्रेष्ठ लिंगीको महलमा अन्य उल्लेख भएको राहदानी पाउने तेस्रो व्यक्ति भएकी छन् । राहदानी विभागले भूमिकालाई कैलाश श्रेष्ठको नामबाट लिंगको महलमा अन्य उल्लेख भएको राहदानी वितरण गरेको हो । नागरिकताको प्रतिलिपिमा अन्य उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहिलो पटक नागरिकता लिने भूमिकाले दोव्वर दस्तुर तिरेर राहदानी लिएकी हुन् ।

यसअघि कैलालीकी तेस्रोलिंगी मनोज शाही मोनिका र रुपन्देहीका सन्तबहादुर पुनले अन्य उल्लेख भएको राहदानी लिइसकेका छन् । भूमिका श्रेष्ठको नामबाट नागरिकता र राहदानी लिने प्रयास भने असफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिंग सच्याउन मिल्ने गृह मन्त्रालयको परिपत्र भएपनि नाम सच्याउने कुनै परिपत्र र निर्देशन नआएकाले भूमिकालाई पूरानै नाम कैशाल श्रेष्ठ कायम गरेर अन्यको नागरिकता दिएको हो । मैले भूमिकाकै नामबाट नागरिकता र राहदानी लिन धेरै प्रयास गरे तर पाइन भूमिकाले भनिन्, सरकारले छिट्टै नाम परिवर्तन गर्न मिल्ने व्यवस्था गर्नुपर्छ ।IMG_20150913_121653882

समलिंगी तेस्रोलिंगी समूदायको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले अन्य उल्लेख गरेर राहदानी पाएकोमा भूमिकालाई बधाई दिएका छन् । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले विगत १५ बर्षदेखि पहिचान अनुसारको नागरिकता पाउनु पर्ने माग गर्दै आएको छ । समाजको माग अनुसार २०६९ साल पुष १७ गते गृहमन्त्रालयले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता वितरण गर्न सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरिसकेको छ । तर केही जिल्ला प्रशासन कार्यालयले अन्य उल्लेख भएको नागरिकता लिन डाक्टरको सिफारिस चाहिने भनेकाले यस विरुद्ध नील हिरा समाजले सर्बोच्च अदालतमा रिट दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले पनि समलिंगी तेस्रोलिंगीलाई अन्य उल्लेख गरेर नागरिकता वितरण गरेको छैन । रुपन्देहीका तेस्रोलिंगी सन्तबहादुर पुनलाई लुम्विनी अञ्चल अस्पतालको सिफारिस अनुसार तेस्रोलिंगी भएको कागज बनाइदिए पनि नागरिकता पुरुषकै छ । तर प्रशासन कार्यालयले पुन तेस्रोलिंगी भएको सिफारिस गरेकाले उनले अन्य उल्लेख भएको राहदानी पाएकी हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading