“शिक्षक शिक्षिकालाई यौनिकताको बिषयमा तालिम दिनुपर्ने”

“शिक्षक शिक्षिकालाई यौनिकताको बिषयमा तालिम दिनुपर्ने”

काठमाडौं (पहिचान) असोज ४ – नील हिरा समाजले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई बिद्यालयमा यौन हिंसा हुने गरेको वताएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगी महिलालाई महिलाको शौचालयमा जादाँ अप्ठ्यारो हुने र पुरुषकोमा जादाँ यौन हिंसा हुने गरेको वताइन् । यो समूदायको मातृ संस्था समाजकी अध्यक्ष गुरुङले बिद्यालयको वातावरण समलिंगी तेस्रोलिंगी मैत्री बिद्यालय बनाउनु पर्नेमा जोड दिइन ।

12020114_10153496185780395_1521039079_oउनले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यका लागि छुट्टै शौचालयको व्यवस्था गर्न माग गरिन । स्कूलमा समस्या पर्ने भनेको तेस्रोलिंगीलाई हो उनले भनिन्, यसै कारण पनि शैक्षिक अवस्था सुध्रिएको छैन । शिक्षा नीति र पाठ्यक्रम समावेसि हुन नसकेको कारण अप्रत्यक्ष यो समूदायका विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको उनको भनाई छ । बिद्यालयमा महिला र पुरुषलाई मात्रै केन्द्रीत गरेर अध्यापन हुने गरेको छ उनले भनिन्, यो त कि केटा भएर केटी जस्तो भन्दिने शिक्षक शिक्षिकाका कारण बिद्यालय स्तरको शिक्षा लिनबाट यो समूदायका सदस्य बञ्चित हुने गरेका छन् ।

कक्षा ६, ७ र ८ को स्वास्थ्य र शारीरिक शिक्षामा तेस्रोलिंगीबारे पढाई हुने गरेपनि शिक्षक शिक्षिकालाई यो बिषयमा प्रशिक्षित नगराइएको उनले वताइन । यो बिषयमा शिक्षक शिक्षिकाले अध्यापन गराउन हिच्किचाइरहेको भन्दै समाजकी अध्यक्ष गुरुङले शिक्षक शिक्षिकालाई आफ्नो समूदायको यौनिकताबारे तालिम दिनु पर्ने वताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading