समलिंगी तेस्रोलिंगीले प्राप्त गरेको सफलताको प्रशंसा

समलिंगी तेस्रोलिंगीले प्राप्त गरेको सफलताको प्रशंसा

काठमाडौं (पहिचान) असोज ४ – नेपालमा समलिंगी तेस्रोलिंगीले प्राप्त गरेको सफलताप्रति अन्तराष्ट्रिय समुदायका प्रतिनिधिहरुले प्रशंसा गरेका छन् । स्वास्थ्य कार्यक्रममा जेण्डर, समता र मानवअधिकारको एकीकरण विषयक अन्तरदेशीय सम्मेलनका सहभागि अन्तराष्ट्रिय संघसंस्था तथा विभिन्न देशका प्रतिनिधिमुलक संघसंस्थाले यस्तो प्रशंसा गरेका हुन् । काठमाडौंमा भएको पाँच दिने गोष्ठीका सहभागिहरुले नेपालका समलिंगी तेस्रोलिंगी समुदायले छोटो समयमै संबैधानिक अधिकार प्राप्त गर्न सफल भएको भन्दै प्रशंसा गरेका हुन् ।

‘हामी सुरुमा समाजमा खुलेर चिनाउन समेत नसक्ने अवस्थामा थियौं’ समलिंगी तेस्रोलिंगी समुदायको मातृ संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, ‘सन २००१ मा छ जना स्वयंसेवकबाट सुरु भएको संस्था अहिले संविधानमा अधिकार लेखाउन सफल भएका छौं ।’
उनले सुरुमा यौनिक स्वास्थ्यका विषयमा मात्र काम गर्ने गरी खुलेको संस्थाले अहिले ‘एड्भोकेसी’ एचआइभी एड्सको परामर्श सेवा, मानवअधिकार सहितका विभिन्न क्षेत्रमा काम गरिरहेको बताइन् । ढकालले समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त संविधान सभाको सदस्य समेत बन्न सफल भएको भन्दै त्यही कारण संबैधानिक अधिकार प्राप्त गर्न समुदाय सफल भएको बताइन् ।
युएन एड्स, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) र नेपाल सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालय आयोजक रहेको सम्मेलनमा नेपालका तर्फबाट समलिंगी तेस्रोलिंगी समुदायका लागि काम गरिरहेको संस्था नील हिरा समाज, दुव्र्यसनमा परेका महिलाको उद्धारमा काम गरिरहेको संस्था दृष्टी नेपाल र यौनकर्मी महिलाको क्षेत्रमा काम गरिरहेको संस्था जागृती महिला महासंघको सहभागिता रहेको थियो । नेपाल, भूटान, भारत, माल्दिब्स र श्रीलंकाका सहभागिहरु रहेको कार्यक्रमबाट अन्तराष्ट्रिय समुदायमा जेण्डर, समता र मानवधिकारका सवाललाई स्वास्थ्य कार्यक्रममा कसरी एकीकृत ढंगले अघि बढाउने भन्ने विषयमा सुझाव संकलन गरिएको छ ।
कार्यक्रममा नीतिगत तहमा प्रभावित पार्न मिडियाको भूमिका र नेपालमा भइरहेका अभ्यासका विषयमा पत्रकार रमेश वाग्लेले आफ्नो अनुभव समेटिएको प्रस्तुती गरेका थिए । त्यस क्रममा उनले नेपालमा समलिंगी तेस्रोलिंगी समुदायले धेरै अधिकार सुनिश्चित गरिरहेको भन्दै अब समलिंगी विवाहलाई समाजिक मान्यता दिलाउन मात्र बाँकी रहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading