अन्य उल्लेख भएको राहदानीमा बिदेश जाने भूमिका पहिलो

अन्य उल्लेख भएको राहदानीमा बिदेश जाने भूमिका पहिलो

काठमाडौं (पहिचान) असोज १९ – अन्तराष्ट्रिय विमानस्थलमा लिंगको महलमा अन्य उल्लेख भएको राहदानी पढ्न सक्ने प्रणाली लागू भएको छ । नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले लिंगको महलमा अन्य उल्लेख भएको राहदानी पढ्न सक्ने प्रणाली लागू गरेको हो । यो प्रणाली लागू भएसँगै विमानस्थलबाट पहिलो पटक अन्य उल्लेख भएको राहदानी लिएर तेस्रोलिंगी भूमिका श्रेष्ठ विदेश यात्रामा निस्केकी छन् ।

12116455_984471184946848_2007473636_oराहदानी विभागले लिंगको महलमा अदर्स अर्थात अन्य उल्लेख गरेर राहदानी वितरण गरेसँगै त्रिभुवन विमानस्थलमा अन्य उल्लेख गरिएको राहदानी पढ्न सक्ने प्रणाली लागू गरिएको बरिष्ठ अध्यागमन अधिकृत बिष्णु थापाले जानकारी दिए । यो खुशीको कुरा हो थापाले भने, नागरिकता र राहदानीमा अन्य उल्लेख भएका व्यक्तिले पनि महिला पुरुष सरह सहज रुपमा बिदेश यात्रा गर्न सक्ने भएका छन् । तेस्रोलिंगी श्रेष्ठले लिंगको महलमा अन्य उल्लेख भएको राहदानी लिएर सहज रुपमा विदेश यात्रामा निस्केको वताइन ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले लिंगको महलमा अन्य उल्लेख भएको राहदानी सहज रुपमा मेसिनले पढ्नु समूदायका लागि खुशीको कुरा भएको वताइन । ढकाल र श्रेष्ठ ताईवानको भिसा लगाउन दिल्ली गएका हुन् । ताईवानमा समलिंगी महिला पुरुषको एसिया स्तरिय सम्मेलन हुँदैछ ।

अन्तराष्ट्रिय विमानस्थलबाट दिल्ली गएका ढकालको रेकर्ड देखिएको तर भूमिकाको रेकर्ड फेला नपरेको अध्यागमन अधिकृत मिन्द्रलाल योङहाङले वताए । भूमिकाको बिदेश यात्राको बिमानस्थलमा रेकर्ड नदेखिनु कर्मचारीको लापरवाही भएको समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले वताइन । नेपालबाट अन्य उल्लेख भएको राहदानी लिने तेस्रो व्यक्ति भूमिका बिदेश यात्रा गर्ने पहिलो व्यक्ति हुन् । अहिलेसम्म कैलालीकी मनोज शाही, रुपन्देहीकी सन्तवहादुर पुन, काठमाडौंकी भूमिका श्रेष्ठ र ललितपुरकी कुसुम बिष्टले लिंगको महलमा अन्य उल्लेख भएको राहदानी लिइसकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading