नयाँ बन्ने कारागार लैगिंक मैत्री हुने

नयाँ बन्ने कारागार लैगिंक मैत्री हुने

काठमाडौं (पहिचान) कार्तिक १० – सरकारले नयाँ बन्ने कारागार लैगिंक मैत्री हुने वताएको छ । सरकारले यसअघिनै नुवाकोटको विदुरमा बन्न लागेको नयाँ केन्द्रीय कारागार लैगिंक मैत्री हुने निर्णय गरिसकेको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले नयाँ बन्ने कारागार सबै लैगिंक मैत्री बन्ने वताए ।

अहिले पनि समलिंगी तेस्रोलिंगीलाई छुट्टै हिरासत कक्षमा राख्न सकिन्छ दवाडीले भने, त्यसका लागि अदालतको फैसला हेर्नु पर्छ । अदालतले समलिंगी तेस्रोलिंगी कैदी भनेर फैसला गरेमा उनीहरुका लागि अहिले पनि छुट्टै हिरासत कक्षको व्यवस्था गर्न सकिने दवाडीले वताए । विदुरमा निर्माण हुने नयाँ केन्द्रीय कारागारमा समलिंगी तेस्रोलिंगी, एचआइभी संक्रमित, बिरामी कैदीका लागि छुट्टै हिरासत कक्ष निर्माण हुने महानिर्देशक दवाडीले पहिचान अनलाइनलाई वताए ।

नयाँ केन्द्रीय कारागार अबको चार बर्ष भित्र निर्माण भइसक्ने उनले वताए । अहिले पनि प्रहरीले समलिंगी तेस्रोलिंगीलाई पक्रेर छुट्टै हिरासत कक्षमा राखेको भएपनि यसबारे आफूले जानकारी नपाएको दवाडीले वताए ।

यो पनि पढ्नुहोस : नुवाकोट केन्द्रीय कारागारमा तेस्रोलिङ्गी कैदीका लागि छुट्टै कक्ष बनाइने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.