समलिंगीबारे ज्ञान नहुदाँ समस्या

समलिंगीबारे ज्ञान नहुदाँ समस्या

राज चौधरी/कैलाली (पहिचान) कार्तिक २१ – समलिंगी तेस्रोलिंगीबारे ज्ञान नहुँदा यो समूदायका सदस्यले समस्या झेल्नु परेको सुदुरपश्चिमका बिद्यार्थीहरुले वताएका छन् । जे बुझायो त्यसकै पछि लाग्नु पर्ने बाध्यता छ बिद्यार्थीहरुले भने, कक्षामा समलिंगी तेस्रोलिंगीबारे पढाईनै हुँदैन ।

Studentबिद्यालय बन्द भएको बेला समलिंगी तेस्रोलिंगीको कार्यक्रम छ जान्छु भन्यो भने ढोकामा चुकुल लगाउँछन एक बिद्यार्थीले कार्यक्रम पछि भने, शिक्षक, शिक्षिका, बिद्यार्थीलाई मात्रै होइन मेरो घरका बा आमालाई पनि यो समूदायबारे चेतना दिनै पर्छ । यो समूदायका सदस्यलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा विभेद, दुरव्यवहार र हिंसा भोग्न बाध्य हुनु परेको नील हिरा समाजको क्षेत्रिय कार्यालय सुदुरपश्चिम समाज धनगढीका संयोजक राजु लामाले वताए ।

तालिम कार्यक्रममा सहभागी बिद्यार्थीहरुले यो समूदायबारे आफूहरुले चेतना जगाउने वताए । कार्यक्रममा लामाले यो समूदायका सदस्य भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट बञ्चित हुनु पर्ने अबस्थाको रहन नहुने वताए । समाजको क्षेत्रिय कार्यालय धनगढीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे दिएको एक दिने अभिमुखिकरण तालिममा संयोजक लामाले पहिलो संबिधान सभाका सभासद् सुनिलबाबु पन्त जस्तै सघर्ष गर्न सक्नुपर्नेमा समेत जोड दिए ।

पन्तकै पहलमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार पहिलो पटक संबिधानमा लेखिएको हो । संयोजक लामाले पन्तलाई सुदुरपश्चिममा बोलाउने कार्यक्रम रहेको पनि पहिचान अनलाईनलाई जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.