निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीलाई विस्तारै सबैले स्वभाविक रुपमा स्वीकार्छन : न्यौपाने

समलिंगी तेस्रोलिंगीलाई विस्तारै सबैले स्वभाविक रुपमा स्वीकार्छन : न्यौपाने

911
SHARES

काठमाडौ (पहिचान) कात्तिक ३० नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सचेतक इश्वरी न्यौपानेले समलिंगी तेस्रोलिंगी समुदायका विषय ढिलै भएपनि संविधानले संबोधन गरेको भन्दै अब विस्तारै समाजले पनि स्वीकार गर्ने बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज रेडियो कार्यक्रम ‘पहिचान’ सँग कुरा गर्दै केन्द्रीय सदस्य न्यौपानेले आफूले समेत पहिलो संविधानसभामा आएर मात्र यो विषयमा जानकारी पाएको भन्दै थाहा नैं नभएकाहरुले यो समुदाय हुन्छ भन्ने कुरा स्वीकार नगर्ने गरेको बताइन् ।
‘तेस्रोलिंगी समुदायका मानिसहरुले पनि समाजमा आफ्नो पहिचान स्पष्टसँग खुलाउनुपर्छ’ न्यौपानेले भनिन्, ‘सम्बन्धित समुदायबाट पहिचान स्पष्ट पार्दै समाजमा खुलेर जिउन थालेपछि तत्कालका लागि केही गाह्रो भएपनि आजीवन सहज अवस्था निर्माण हुनसक्छ ।’ उनले संविधानले नैं यो समुदायलाई स्वीकार गरेको भन्दै अब समाजमा आफ्नो पहिचान स्पष्ट खुलाएर हिड्दा हुने बताइन् ।
पहिचान स्पष्ट खुलाएपछि यो समुदायको जनसंख्या पनि स्पष्टसँग बाहिर आउँछ र उनीहरुलाई राज्यले कुनस्तरको नीतिगत संबोधन गर्नुपर्ने भन्ने पनि स्पष्ट हुन्छ’ उनले भनिन्, ‘जवसम्म उहाँहरु खुलेर आफ्नो पहिचान बताउन सक्नुहुन्न तवसम्म आफ्नै आमाबाट तिरस्कृत हुने क्रम रोकिदैन ।’ उनले सबैभन्दा महत्वपूर्ण आमा पुस्तालाई आफ्ना सन्तानको स्वभाव प्रकृति प्रदत्त हो भनेर बुझाउन सके धेरै समस्याको समाधान हुने बताइन् । आजका आमा पुस्ताले सन्तान कस्ता कस्ता हुन्छ भनेर स्पष्ट बुझेमा भोलीका पुस्ताले त्यसलाई स्वभाविक रुपमा स्वीकार गर्ने र समलिंगी तेस्रोलिंगी समस्याका रुपमा नैं नदेखिने उनले बताईन् ।
‘यो उमेरसम्म मैले समेत तेस्रोलिंगी हुन्छ भन्ने बुझ्न पाइन, म जस्ता धेरै मानिसले अझै बुझ्न पाएका छैनन्’ उनले भनिन्, ‘अबका दिनमा आफ्नै आमाबाट यो समुदायले बुझाउन थाले भने भोलीका दिनमा कुनैपनि तेस्रोलिंगी विभेदमा पर्ने आवस्था रहदैन ।’ उनले आफूले थाहा पाएदेखि नैं सबैभन्दा बढी विभेदमा रहेको समलिंगी तेस्रोलिंगी समुदायको अधिकारका लागि लडेको भन्दै अबका दिनमा आफै लडेर अधिकार स्थापित गराउन उनले सुझाव दिइन् ।

समाचार शेयर गर्नुहोस्
911
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.