तिन्टा लिंग हुनेलाई तेस्रोलिंगी भन्ने हो र ?

तिन्टा लिंग हुनेलाई तेस्रोलिंगी भन्ने हो र ?

काठमाडौं (पहिचान) मंसिर १० – तेस्रोलिंगी कस्ता व्यक्तिलाई भनिन्छ ? कपनमा रहेको जोसेफ हाई स्कूलका एक जना बिद्यार्थीले भने, आधा महिला र आधा पुरुष हुनेलाई तेस्रोलिंगी भनिन्छ । एक छिन हाँसो भयो । यो प्रश्न गर्ने तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले भनिन्, कतिपय कार्यक्रममा तीन वटा लिंग हुनेलाई तेस्रोलिंगी भनिन्छ हो भनेर पनि सोध्ने गर्थे ।

STसमलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी बिद्यार्थीहरुका लागि सुरक्षित वातावरण सृजना गर्न अभियान थालेको छ । जोसेफ हाई स्कूलबाट शुरु अभियानका क्रममा अर्का एक बिद्यार्थीले सोधे, तपाईहरु रिलेसन कसरी राख्नु हुन्छ ?ST q

यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचनले छोटकरीमा जवाफ दिदै भनिन्, म जन्मदाँ पुरुष हुँ तर बिद्यालयमा शौचालयको प्रयोग गर्दा कि त कक्षा चलिरहेको समयमा कि त बिद्यालय छुट्टी भएपछि कसैले थाहा नपाउने गरी पुरुषले प्रयोग गर्ने शौचालय प्रयोग गर्थे । भूमिका र सिमरन तेस्रोलिंगी महिला हुन् ।School 3

जन्मदाँ छोरा तर हुर्कदै बढ्दै जादाँ महिलाको स्वभाव र हाउभाउ हुनेलाई तेस्रोलिंगी महिला भनिन्छ नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, म जन्मजात तेस्रोलिंगी हुँ । मलाई कसैले सिकाएर तेस्रोलिंगी भएको होइन, हामी प्राकृतिक हौ । ढकालले आफ्नो समूदायका बिद्यार्थीलाई भेदभाव र दुरव्यवहार नगर्न शिक्षक, बिद्यार्थीलाई आग्रह गरिन् ।ST w

स्कूलमा राम्रो वातावरण भएमा हामी जस्ता समलिंगी तेस्रोलिंगीले सहज रुपमा शिक्षा लिन पाउँछन् ढकालले भनिन्, यस्ता बिद्यार्थीलाई बिभेद र दुरव्यवहार नहोस् । नील हिरा समाजका सुमन नेपालले बाबा ममीले सिकाएर समलिंगी तेस्रोलिंगी नहुने भन्दै बिद्यार्थीलाई सोधे, के तपाईहरुलाई बाबा ममीले महिला या पुरुष बन्न भन्नु भएको छ ? समलिंगी महिला र समलिंगी पुरुषलाई सहजै चिन्न नसकिए पनि हाउ भाउ र बानी व्यवहार स्वीकार नगर्दा आफ्नो यौनिकता लुकाएर बस्नु पर्ने बाध्यता हुने गरेको नेपालको भनाई छ ।

sc1समाजकै पिटर तामाङले आफू जस्ता समलिंगी पुरुषलाई विभेद र दुरव्यवहार हुने गरेकाले यो अभियान थालेको वताए । संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रमका भरत शाक्यले यौनिकताका आधारमा कसै माथि विभेद हुन नहुने वताए । जोसेफ हाई स्कूलका सहायक प्रधानाध्यापक दीपक अधिकारले मानव मानवबीच विभेद हुनु राम्रो नभएको वताए ।

आफ्नो बिद्यालयमा यस्ता बिद्यार्थी भएमा सम्मानका साथ शिक्षा लिने वातावरण छ अधिकारीले भने, समलिंगी तेस्रोलिंगी हुनु कुनै अपराध होइन । बिद्यार्थीहरुले समलिंगी तेस्रोलिंगीलाई विभेद नगर्ने भन्दै अरुले गरेमा पनि नगर्न आग्रह गर्ने वताए । उनीहरुलाई नील हिरा समाजले टिसर्ट र क्याप वितरण गरेको थियो भने बिद्यार्थीहरुले व्यानरमै विभेद र दुरव्यवहार हुन नदिने भन्दै हस्ताक्षर गरेका थिए । काठमाडौंका ५ वटा बिद्यालयमा संचालन हुने अभियानका लागि युनेस्कोले आर्थिक सहयोग गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.