गाउँ गाउँमा लैंगिक हिंसा विरुद्धको अभियान लैजान सुझाव

गाउँ गाउँमा लैंगिक हिंसा विरुद्धको अभियान लैजान सुझाव

अम्बिका दाहाल/ललितपुर (पहिचान) मंसिर १३ – ललितपुरका सहायक प्रमूख जिल्ला अधिकारी होमनाथ थपलियाले लैंगिक हिंसा विरुद्धका कार्यक्रम गाउँ गाउँमा लैजानु पर्ने वताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा थपलियाले अभियान प्रभावकारी बनाउन गाउँ गाउँमा जानु पर्ने वताए ।

कार्यक्रमका लागि कार्यक्रम गरेर मात्रै हिंसा कम हुँदैन थपलियाले भने, गाउँ गाउँ गाविस गाविस पुगेर कम्तीमा दुई जनालाई मात्रै रक्सी र चुरोटको लत छुटाउन सके त्यो प्रभावकारी हुन्छ । उनले गैर सरकारी संस्थाहरुलाई बहर बजारका टोल टोलमा मात्रै कार्यक्रम संचालन नगर्न सुझाव दिए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न संघ संस्थासँगै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपाल पनि सहभागी छ ।

हिंसा महिलालाई मात्रै हुँदैन महासंघका महासचिव मनोरञ्जन कुमार बैद्यले भने, समलिंगी महिला, पुरुष र तेस्रोलिंगी महिला पुरुष माथि धेरै हिंसा हुने गरेको छ । बैद्यले आफ्नो समूदायका सदस्यलाई बाटोमा हिड्दा समेत दुरव्यवहार र हिंसा हुने गरेको वताए । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाले ललितपुरको चौघरेमा लैंगिक हिंसा हुने गरेको दावी गरे । कार्यक्रम लिएर गयो आपसमा रक्सी खाएर झगडा गर्छन उनीहरुले भने, कार्यक्रम नै गर्न सकिने अवस्था छैन ।

यस्तै ललितपुरकै लामाटारमा महिलानै रक्सी र चुरोट सेवन गर्ने गरेको पाइएको उनीहरुले वताए । लामाटारमा महिलानै फिट्टुराम हुँदा रहेछन् अभियानमा सहभागीहरुले भने, लैंगिक हिंसा कम गर्ने कार्यक्रम लैजानै मुश्किल पर्छ । ललितपुरमा लैंगिक हिंसा कम गर्न श्रीमान र श्रीमतीलाई सँगै राखेर तालिम दिने गरिएको र सासु बुहारीबीच अन्तरक्रिया कार्यक्रम पनि संचालन गरिएको अभियानमा सहभागी विभिन्न संस्थाका प्रतिनिधिले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading