जनस्वास्थ्यले यौनिक अभिमुखिकरण कार्यक्रम संचालन गर्ने

जनस्वास्थ्यले यौनिक अभिमुखिकरण कार्यक्रम संचालन गर्ने

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) मंसिर १३ – जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका शशिकान्त सिंहले समलिंगी तेस्रोलिंगीबारे डाक्टर, नर्स लगायत सबै स्वास्थ्य संस्थामा जानकारी गराउन सुझाव दिएका छन् । नील हिरा समाजको दिवा परियोजनाको आर्थिक सहयोगमा फ्रेण्ड्स हेटौडाले आयोजना गरेको समन्वयात्मक कार्यक्रममा सिंहले समलिंगी तेस्रोलिंगी अन्तरलिंगीसँग सहकार्य गरेर यौनिक अभिमुखिकरण कार्यक्रम संचालन गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न संघसस्थाका २० जना प्रतिनिधिहरुसँग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति भएको लाञ्छना तथा भेदभाव र यो समूदाय एचआइभीको उच्चतम् जोखिममा रहेको जानकारी दिइएको थियो । साथै कार्यक्रममा विद्यार्थी जागरण मञ्च, मकवानपुर महिला समुह, पोजेटिभ समुह, लगायत अन्य विभिन्न संघसस्थाका प्रतिनिधिहरुले यस वर्ग प्रति हुने विभिन्न जोखिम तथा विभेदको न्युनिकरण र अन्त्यका लागि स्थानीय स्तरमा सहकार्य मजबुद हुपर्नेमा जोड दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.