निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“हेल्थ फर अल” मा समलिंगी तेस्रोलिंगीको प्रश्न : हामीलाई किन स्वास्थ्य संस्थामा विभद हुन्छ ?

“हेल्थ फर अल” मा समलिंगी तेस्रोलिंगीको प्रश्न : हामीलाई किन स्वास्थ्य संस्थामा विभद हुन्छ ?

944
SHARES

काठमाडौं (पहिचान) पुस २ – राजधानीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले स्वास्थ्यमा सबैको पहुँच हुनु पर्नेमा जोड दिएका छन् । स्वास्थ्य मन्त्रालयले राजनधानीमा आयोजना गरेको “हेल्थ फर अल” नामक कार्यक्रका बक्ताहरुले स्वास्थ्य मौलिक हक अन्तरगत समेत रहेको भन्दै स्वास्थ्यमा सबैको सर्बसुलभ पहुँच हुनु पर्नेमा जोड दिएका हुन् ।
Healthयुनिभर्सल हेल्थ कभरेज डेको अवसरमा आयोजित कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको पनि स्वास्थयमा सुलभ पहुँच हुनु पर्ने बताएका छन् । यौनिक तथा लैगिक अल्पसंख्यक सुमदायको अधिकारका क्षेत्रमा काम गर्दै आएका संस्था नील हिरा समाजका उपकार्यकारी निर्देशक पर्शुराम राईले समलिंगी तेस्रोलिंगीलाई अझै पनि स्वास्थ्य संस्थाहरुमा सहज पहुँच नभएको भन्दै विपरित लिंगीसरह सहजै उपचारको ब्यबस्था हुनु पर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारी समेत सहभागी कार्यक्रममा राइले समलिंगी तेस्रोलिंगी भन्ने थाहा पाउन बित्तिकै अधिकांस स्वास्थ्यकर्मीहरुले हेयको दृष्टिकोणले हेर्ने गरेको भन्दै यस्तो अवस्था अन्त्यका लागि छुट्टै राष्ट्रिय स्वास्थ्य नीति नै ल्याउनु पर्ने सुझाव दिए ।
उपकार्यकारी निर्देशक राईले यस्तो बताइरहँदा चिकित्सकहरु डा. भगवान कोइराला, चक्रराज पाण्डे, प्रविण मिश्र लगायतका आँफु कार्यरत स्वास्थ्य संस्थाहरुमा कसैलाई पनि विभेद नहुने गरेको दाबी गरेका थिए ।
यता तेस्रोलिंगी अधिकारकर्मी इशान रेग्मीले भने स्वास्थ्य संस्थामा जाँदा विभेध हुने गरेकै कारण समलिंगी तेस्रोलिंगीहरु रोग पालेर बस्न बाध्य हुने गरेको तथ्य सुनाउदै यसै कारणले कतिपय समलिंगी तेस्रोलिंगी मानसिक तनावमा समेत फस्ने गरेको बताए ।
शारीरिक चोट मात्रै रोग नभएर तनावमा फस्नु पनि रोग नै भएको भन्दै उनले यस्तो अवस्थाको अन्त्यका लागि तत्काल राज्यले बिशेष कदम चाल्नु पर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्रालयका उपसचिव राजिव पोखरेलले कार्यक्रमबाट आएका सुझावलाई मनन् गर्दै सरकारले राष्ट्रिय स्वास्थ्य नीति निर्माण गर्ने प्रतिबता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्
944
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.