तेस्रोलिंगी यौनकर्मी माथि सामान्य व्यक्तिभन्दा तीन गुणा बढी हिंसा

तेस्रोलिंगी यौनकर्मी माथि सामान्य व्यक्तिभन्दा तीन गुणा बढी हिंसा

अनुशा भुजेल/सुनसरी ( पहिचान ) पुष ३ – मानव कल्याण समाज, महिला सहयोगी समुह, साहारा नेपाल र आम्दा नेपालको संयुक्त आयोजनामा यौनकर्मीहरुसँग अन्तक्रिया गरी सुनसरीमा यौनकर्मीलाई हुने हिंसा अन्त्य विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ । २००३ मा अमेरिकामा ७१ जना यौनकर्मी विभिन्न कारणबाट मारिएपछि सबै यौनकर्मीहरु एकजुट भई यो समुहलाई हुने सबै प्रकारका हिंसा अन्त्य गर्न यो दिवस मनाउन थालिएको आम्दा नेपालका कार्यक्रम संयोजक अजय कटुवालले जानकारी दिए ।

Sunsari 1कटुवालले यौनकर्मीलाई हुने हिंसा अन्त्य विरुद्धको अन्तराष्ट्रिय दिवस सुनसरीमा मनाउन थालिएको यो दास्रो बर्ष भएको जानकारी दिदै नेपालमा ४ वर्ष पहिले भएको सर्वेक्षणमा २० प्रतिशत यौनकर्मीमाथि हिंसा हुने गरेको वताए । कार्यक्रमका एक सहभागी सुहानी राजधामीले तेस्रोलिंगी यौनकर्मीहरु सामान्य व्यक्तिभन्दा तीन गुणा बढी हिंसामा परेको भन्दै प्रहरी प्रशासनबाट नै बढी हिंसा हुने गरेको अनुभव सुनाइन् । राजधामीले भनिन– ‘यौनकर्मीलाई हुने हिंसा अन्त्य गर्ने हो भने प्रहरी प्रशासन, मानव अधिकार आयोग र हिंसामा काम गर्ने संघसंस्थाहरुलाई पनि यस्तो अन्तक्रियात्मक कार्यक्रममा सहभागी गराउनुपर्छ ।’

राजधामीको सुझावलाई सकारात्मक रुपमा लिँदै मानव कल्याण समाजका संयोजक विनोद वाग्लेले यो दिवस मनाउन भर्खर थालिएको र यौनकर्मीहरु त्यति खुलेर नआउने भएकाले यो विशेष दिन यो वर्ष लक्षित समुहवीच मात्रै मनाइएको बताए । वाग्ले भन्छन्– लैंगिक हिंसामा काम गर्ने जिल्लाका अन्य सरोकारवालाहरुसगँ निरन्तर अन्तक्रिया गरी सरोकारवालाहरुलाई यो विषयमा जनचेतना गराउने काम नियमित रुपमा भइरहेको छ ।
sunsari 3तेह्र वर्षअगाडी अमेरिकामा यौनकर्मीमाथी हुने हिंसा अन्त्यका लागि थालिएको यो अभियानले थुप्रै उपलब्धिहरु देखाएपनि अझै पनि यौनकर्मीमाथि हुने हिंसा अन्त्य नभएको भन्दै हिंसा अन्त्यको लागी सबै यौनकर्मीहरु एकजुट हुनुपर्ने र समाजमा सबै व्यक्ति हिंसा अन्त्यका लागि सहयोग गर्नुपर्ने विचार यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी कार्यक्रम अधिकृत गौरी नेपालीले व्यक्त गरिन् ।

यो बर्ष मात्रै अमेरिकामा चालिसभन्दा बढी यौनकर्मीको हत्या भएकोमा १२ जना तेस्रोलिंगी यौनकर्मी महिला रहेको जानकारी गराउदै यो विकराल रुपमा रहेको समस्याको अन्त्य गर्न आजको दिनमात्र नभई सधै जनचेतनाका कार्यक्रम हुनुपर्ने मत नेपालीले व्यक्त गरिन् ।
जागृति महिला महासंघकी रिता तिमल्सिनाले यो दिवसको अवसरमा सबैलाई शुभकामना दिदै यौनकर्मीमाथि हुने हिंसा अन्त्यका लागि आजैदेखि सबैले आ–आफ्नो ठाँउबाट सक्दो योगदान गर्न आग्रह गरिन् । कार्यक्रमा यौनकर्मीहरुलाई विभिन्न किसिमका शारिरीक, मानसिक, आर्थिक तथा यौनजन्य हिंसा हुने भन्दै यसबाट बच्ने उपायहरुका बारेमा साहारा नेपालका ठकु चौधरीले सहभागीहरुलाई जानकारी गराएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading