तेश्रोलिङ्गी भएकै कारण प्रेममा धोका पाए : श्रेष्ठ

तेश्रोलिङ्गी भएकै कारण प्रेममा धोका पाए : श्रेष्ठ

काठमाडौं (पहिचान) पौष ११ – तेश्रोलिङ्गी भुमिका श्रेष्ठले आफु तेश्रोलिङ्गी भएकै कारण केटासाथीले प्रेममा धोका दिएको बताएकी छिन् । राजधानीमा आयोजिक एक कार्यक्रममा सहभागी युवाहरुलाई आफ्नो जीवन भोगाइका अनुभव बाड्ने क्रममा उनले तेश्रो लिङ्गी भएको थाहा पाएपछि केटासाथीले आफुलाई प्रेममा धोका पाएको बताएकी हुन् ।

Bhumika_Shresthaउनले भनिन् : समाजको तेश्रोलिङ्गीप्रति हेर्ने दृष्टीकोण अझै पनि परिवर्तन भएको छैन । युथ एक्सन नेपालले तेश्रो लिङ्गीको विषयमा आयोजना गरेको कार्यक्रममा नील हिरा समाजमा आबद्ध श्रेष्ठले तेश्रोलिङ्गीप्रति हेरिने दृष्टीकोणका विषयमा चर्चा गरेकी थिइन् ।
तेश्रोलिङ्गी भएकै कारण हरेक दिन घरपरिवार, टोल छिमेक, सडकपेटीदेखी काम गर्ने कार्यालयबाट समेत तिरस्कृत हुन परेको उनले दुखेसो गरेकी छन् ।
स्वभाव र भावना फरक हुदैमा तेश्रोलिङ्गीप्रति विभेद गर्ने अधिकार समाजलाई नभएको आयोजक सस्थाकी भावना भट्टले बताएकी छन् । नेपालमा करिब ५ लाख समलिङ्गी एवं तेश्रोलिङ्गी लगायतको सख्या रहेको कार्यक्रममा बताइएको थियो ।

साभार : अन्नपूर्ण पोष्ट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.