राप्तीमा २२ सय समलिंगी

राप्तीमा २२ सय समलिंगी

दाङ (पहिचान) माघ ८ – राप्ती अञ्चलमा २२ सय समलिंगी तेस्रोलिंगी खुलेर आएका छन् । जसमा दाङ जिल्लामा मात्रै १२ सय जना समलिंगी तेस्रोलिंगी रहेका छन् । मानव स्वास्थ्य समाजकी सल्लाहाकार सिल्पा चौधरीले यो संख्या खुलेर आउनेको मात्रै भएको र आफ्नो पहिचान गोप्य राख्न चाहानेको संख्या निकै ठूलो रहेको बताइन् ।
“समाजले स्वीकार गरेको छैन, राज्यले अधिकार दिएको छैन, त्यसैले यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या थोरै देखिएको हो,” उनले भनिन्, “राज्यले अधिकार दिदै जाने र समाजले आत्मसात गर्दै जाने हो भने हजारौंको संख्यामा रहेका समलिंगी तेस्रोलिंगीले आफ्नो पहिचान खोल्छन् ।”
खुलेर आउनेलाई आफुहरुको संस्थाले रोजगार दिन नसकेका कारण सबै यौनिक तथा लैंगिक अल्पसंख्यक पहिचान खोलेर आउन नसकेको भन्दै उनले यसरी आफ्नो सम्पर्कमा आउनेहरुलाई सीप विकासको तालिमका लागि सरकारसँग पहल गरिदिने गरेको बताइन् ।
चौधरीले जिल्ला विकास समिति दाङले समलिंगी तेस्रोलिंगीका लागि बजेट बिनियोजन गरेको तर, त्यो थोरै भएको बताइन् । “जिविस दाङ, त्रिभुवन नगरपालिका र लमही नगरपालिकाले हाम्रा लागि बजेट विनियोजन गरेका छन् । तर, यो थोरै छ । आशा छ अबका वर्षहरुका यो परिमाण बढ्दै जाने छ ।”
तेस्रोलिंगी महिला चौधरीले जिविस दाङले दाङमा तेस्रोलिंगी सौचालय बनाइदिइसकेको र लमही नगरपालिकाकाले पनि बनाइदिन सुरु गरेको जानकारी दिइन् ।
संविधानमा उल्लेख भएको अधिकारका लागि आफुहरुले धेरै संघर्ष र पहल गर्नु परेको स्मरण गर्दै उनले अब त्यसको कार्यान्वयनका लागि पनि पहल सुरु गरेको जानकारी दिइन् । यसका लागि विभिन्न राजनीतिक दलका नेता तथा व्यवस्थापिका संसद सदस्यहरुलाई पनि आफ्नो मुद्धा, अधिकार र अवस्थाबारे जानकारी गराइरहेको उनले बताइन् । उनले अधिकारका लागि खुलेर आउन समलिंगी तेस्रोलिंगीलाई आग्रह समेत गरिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading