अनुषा भुजेल/सुनसरी (पहिचान) माघ १९ – समलिंगी तेस्रोलिंगीहरुले सरकारी बजेट नभएको तथा दाताहरुको बजेट समेत घट्दो क्रममा आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघकको पूर्वाञ्चल रिभ्यु मिटिङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बजेटको समस्या रहेको औल्याएको हो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपालकी राष्ट्रिय कार्यक्रम संयोजक सिम्रन सेरचनले एकातिर जिल्लामा काम गर्न अप्ठेरो हुने अर्कातिर बजेट अभावको दोहोरो समस्या रहेको बताइन् । ‘जिल्ला जिल्लामा काम गर्न एकदमै गाह्रो छ, त्यसमाथि राजनीतिक अस्थिरताले सबैे कुरा अस्तव्यस्त बनाएको छ’ सिमरनले भनिन्, ‘नेपाल सरकारबाट कुनैपनि बजेटरी सहयोग नभएको र विस्तारै दातृ निकायहरुबाट पनि कार्यक्रमहरु घट्दै आएका कारण दोहोरो समस्या भोगिरहनु परेको छ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ र नील हिरा समाजले संयुक्तरुपमा दातृ निकायहरुसँग थप कार्यक्रमका लागि लवी गरिरहेको बताईन् ।
रिभ्यु मिटिङमा पूर्वाञ्चलका सबै जिल्ला केन्द्रीत छलफल सकेर एकमुष्ट पूर्वाञ्चलका चुनौतीहरु भन्ने शीर्षकमा छलफल गरिएको थियो । ‘कार्यक्रम तथा बजेटका लागि पहल, संविधानमा लेखिएका कुराहरुलाई कानुनमा ल्याएर प्रभावकारी कार्यान्वयन गर्नु, बिद्यालय तथा शिक्षकहरुलाई यस समुदायको बारेमा सचेतना गराउने खालका कार्यक्रम संचालन गर्नु र ग्रामीण क्षेत्रमा पनि कार्यक्रमहरुको विस्तार गर्दै लग्नुपर्ने कुराहरुलाई समावेश गरेपछि मात्र चुनौंतिसँग मुकाविला हुनसक्छ’ निष्कर्ष प्रस्तुत गरिएको छ ।
बैठकमा सहभागि सिविओमा कार्यरत कर्मचारीहले समस्याहरु आदानप्रदान गर्ने तथा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउने र संगठित सहकार्य गर्ने भएकाले यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने बताएका थिए । यस्ता कार्यक्रमले सकारात्मक सोचको विकास र व्यक्तित्व विकास हुने हुँदा आत्म विश्वास बढाउन पनि सहयोग गर्छन’ उनीहरुले भनेका छन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.