‘विपरित लिंगी वा समलिंगीको मात्र हैन, मनमिल्ने व्यक्तिबीचको सम्बन्ध नै विवाह हो’

‘विपरित लिंगी वा समलिंगीको मात्र हैन, मनमिल्ने व्यक्तिबीचको सम्बन्ध नै विवाह हो’

939
SHARES

काठमाडौं (पहिचान) चैत्र ५ – नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले विवाहको परिभाषा बदल्नुपर्ने बताएकी छन् । समलिंगी तेस्रो लिंगीका अधिकारका लागि काम गर्ने संस्था समाजकी कार्यकारी निर्देशक ढकालले विवाहको परंपरागत परिभाषाका कारण धेरै यौनिक अल्पसंख्यकहरु समस्यामा पर्ने गरेको बताइन् । 

‘हाम्रो समाजमा चलिआएको र मुलुकी ऐनले परिभाषित गरेको विवाहको परिभाषाले पुरुष र महिलाबीचको सम्बन्धलाई मात्र समेटेको छ’ ढकालले भनिन्, ‘तर अब दुइ मन मिल्ने व्यक्तिकाबीच हुने सम्बन्धका रुपमा परिभाषित गर्नु आवस्यक छ ।’ उनले समलिंगी विवाहलाई मान्यता दिएर मात्र पनि सबै समस्या समाधान नहुने बताइन् ।
‘समलिंगी विवाहलाई मान्यता दिएर मात्र पनि विवाहका सम्बन्धमा देखिएका सबै जटिलताको अन्त्य हुँदैन’ उनले भनिन्, ‘एलजीबीटीआइ भित्र पनि पाँचवटा समुह रहेको र व्यक्तिअनुसार सबैको यौनिकता पनि फरक फरक हुन्छ ।’ उनले व्यक्ति अनुसार यौनिकता फरक फरक हुने भएकाले समलिंगी विवाहलाई मान्यता भन्नुको साटो दुइ मन मिल्ने व्यक्तिकाबीचमा हुने सम्बन्धलाई विवाहका रुपमा परिभाषित गर्नुपर्ने बताइन् ।
संविधानले पहिचान दिदा उत्साहित
ढकालले संविधानले पहिलोपटक समलिंगी तेस्रोलिंगीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर पहिचान दिएका कारण धेरै समलिंगी तेस्रोलिंगीहरु उत्साहित भएको बताइन् । ‘संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर पहिचान दिदा समलिंगी तेस्रोलिंगीको जीवनमा कुनै परिवर्तन आएको छैन’ उनले भनिन्, ‘तर पनि अब हामी पनि समाजका अरु मानिस सरह नै हुनेगरी संविधानबाट संबोधित गरेको छ भनेर समलिंगी तेस्रोलिंगीहरुको मनोवल उच्च भएको छ ।’ उनले अब समलिंगी तेस्रोलिंगीहरुको अधिकार संविधान अनुरुप कानुनमा पनि लेखाएर कार्यान्वयन गर्नका लागि लागि पर्ने बताइन् ।

समाचार शेयर गर्नुहोस्
939
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.