गौशालामा कार्यरत प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी

गौशालामा कार्यरत प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं (पहिचान) भदौ २३ – महानगरिय प्रहरी वृत्त गौशालाका चार जना प्रहरी विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । विना कारण हिंसा गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै तेस्रोलिंगी मुना राई र किरण राईले आयोगमा उजुरी दिएका हुन् । सडकमा हिड्दा गौशालामा कार्यरत प्रहरी एमटी कार्कीले आफूलाई छक्का हिजडा भन्दै कुटपिट गरेका तेस्रोलिंगी मुनाको उजुरी छ ।

nhrcयस्तै तेस्रोलिंगी किरणले गौशालाका प्रहरी एल पी खत्री, बिएस बोहोरा र टि थापालाई कारवाहीको माग गर्दै उजुरी दिएकी छन् । तीन जना प्रहरीले आफूलाई गल्लीमा लगेर खुट्टा, छाती र पेटमा चोट लाग्ने गरी कुटपिट गरेको किरणको उजुरीमा छ । प्रहरीको कुटपिट पछि किरण बेहोस भएको र तेस्रोलिंगी शिला सिंहले अस्पताल लगेर उपचार गराएको मानवअधिकार आयोगमा उजुरी दिएको नील हिरा समाजमा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले जानकारी दिए ।

समलिंगी तेस्रोलिंगीलाई गौशालामा हिड्न समेत नदिने, हिडेको देखे तिमिहरुको ठाउँ नेपाल होइन इण्डिया जाउँ भन्ने, शरीरमा जवरजस्ती गर्ने, शारीरिक अंगबारे अनाबश्यक सोधपुछ गर्ने लगायतका दुरव्यवहार गरेको उजुरीमा लेखिएको अधिकारकर्मी शाहले जानकारी दिए । उजुरीकर्ता मुना र किरणले आफूहरुलाई छक्का हिजडा भनेर कुटपिट गर्ने प्रहरीलाई कारवाही गरेर न्याय दिन माग गरेका शाहले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.