नयाँ शक्ति नेपालको धर्नामा यौनिक तथा लैंगिक अल्पसंख्यक सहभागी

नयाँ शक्ति नेपालको धर्नामा यौनिक तथा लैंगिक अल्पसंख्यक सहभागी

काठमाडौं (पहिचान) असोज १४ – राष्ट्रघात र प्रतिगमनको खतराका बिरुद्ध नयाँ शक्ति नेपालले दिएको धर्नामा यौनिक तथा लैंगिक अल्पसंख्यक सहभागी भएका छन् । काठमाडौंको भद्रकालीमा नयाँ शक्ति नेपालले दिएको धर्नामा समलिंगी तेस्रालिंगी प्ले कार्ड बोकेर सहभागी भएका हुन् । उनीहरुले नयाँ शक्ति नेपालले राखेका मागमा ऐक्यवद्धता समेत जनाए ।
mahila-himsaप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा जारी २५ बुँदे सहमतिले स्वाभिमानी नेपालीको शीर झुकाएको नयाँ शक्तिको आरोप छ । उसले सहमतिको ७, १०, ११, १२, १३, १४ र २० नम्वर बुदाँ राष्ट्रिय हितको निकै गंम्भिर भएको भन्दै आपत्ति जनाएको छ ।transgender
स्थानीय निकायबारे सरकारले गरेको निर्णय प्रति असहमति जनाउँदै नयाँ शक्ति नेपालले संघीयताको मर्मलाई समाप्त गर्ने काम नगर्न भनेको छ । धर्नामा सहभागी नयाँ शक्ति नेपालका कार्यकर्तासँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले कालोबजारी गर्नेलाई कारवाही गर्न, भुकम्प पीडितलाई एक मुष्ट अनुदान रकम उपलब्ध गराउन, यातायात क्षेत्रमा भएको सिण्डकेट अन्त्य गर्न, महिला हिंसा अन्त्य गर्न, बेरोजगारी हटाउन, बन्द उद्योग संचालन गर्नु पर्ने लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
डाक्टर बाबुराम भट्टराई संयोजक रहेका नयाँ शक्ति नेपाल पार्टीमा तेस्रोलिंगी पिंक गुरुङ दलित तथा अल्पसंख्यक विभागको संयोजक छिन् । गुरुङ नयाँ शक्तिमा आवद्ध भएकाले यौनिक तथा लैंगिक अल्पसंख्यक नयाँ शक्तिले गर्ने हरेक कार्यक्रममा सहभागी हुँदै आएका छन् । नयाँ शक्ति सँगै समूदायका सदस्य नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल लगायतका विभिन्न दलमा आवद्ध छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.