संयुक्त रुपमा कार्यक्रम गर्न सके प्रभावकारी हुने

संयुक्त रुपमा कार्यक्रम गर्न सके प्रभावकारी हुने

बिनोद विसी/रुपन्देही (पहिचान) मंसिर १२ – जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चुडामणी भण्डारीले सरकारी तथा गैरसरकारी संघ संस्था मिलेर प्रभावकारी काम गर्नु पर्नेमा जोड दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा नील हिरा समाज भैरहवा र यूनाइटेड फाउन्डडेशन लुम्विनीको संयोजकत्वमा सरोकारवाला निकायसँग भएको छलफलमा भण्डारीले सरकार तथा गैरसरकारी संस्थाले संयुक्त रुपमा कार्यक्रम गर्न सके त्यो प्रभावकारी हुने बताएका हुन् । aanik-ranaउनले विश्व एड्स दिवसमा रुपन्देहीका ६ वटै नगरपालिकामा विभिन्न साँस्कृतीक तथा चेतनामुलक कार्यक्रम गर्ने जानकारी दिए । विश्व एड्स दिवसको अmanilaवसरमा नील हिरा समाज भैरहवाले तिल्लोतमा नगरपालिकामा यूवाहरुसँग अन्तरक्रिया गर्ने भएको छ । उक्त कार्यक्रममा वुटवलमा आस्था समूह र इड्स हेल्थ कियर फाउन्डेशन नेपालले साँस्कृतीक कार्यक्रम, भैरहवामा जिल्ला विकास समिति र आशा ज्योती समुहले सामुहिक रुपमा विश्व एड्स दिवस मानाउने नील हिरा समाज भैरहवाकी संयोजक मनिला न्यौपानेले जानकारी दिइन् ।
न्यौपानेले नील हिरा समाज भैरहवाको २०७३/२०७४ को कार्यक्रम बारे जानकारी गराएकी थिइन् । उनले समालिंगी तेस्रोलिंगीले आफ्नो समुदायलाई अझै प्रभावकारी ढंगले सेवा सुविधा प्राप्त गर्न सकुन भनेर फिल्डमै गएर काम गरिरहेको बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.