नयाँ शक्तिले तेस्रोलिंगीलाई संरक्षण गर्छ : डा. बाबुराम भट्टराई (भिडियो सहित)

नयाँ शक्तिले तेस्रोलिंगीलाई संरक्षण गर्छ : डा. बाबुराम भट्टराई (भिडियो सहित)

काठमाडौं/पहिचान – नयाँ शक्ति पार्टी नेपालले जे गर्छ त्यो नयाँ ढंगले गर्छ यसको नाम त्यसै नयाँ शक्ति राखिएको होइन । यसले नयाँ काम गर्छ वैज्ञानिक काम गर्छ अग्रगामी काम गर्छ । हामीले नेपालका राजनीतिक दलहरुको इतिहासमा पहिलो चोटी हाम्रो पार्टीको कार्यकारी समितिमा एक जना लैंगिक अल्पसंख्यक (तेस्रोलिंगी)लाई समावेश गरेका छौ । यो नैं नेपालमा एउटा इतिहास बनिसकेको छ ।

त्यस अर्थमा तपाइ (समलिंगी तेस्रोलिंगी)हरु झण्डै आठ दश प्रतिशत संख्यामा रहेकालाई हामीले समावेश गरेका छौ । तपाइहरु देशको झण्डै आठ दश प्रतिशतको संख्यामा रहेको जुन ठुलो समुदाय छ, त्यसलाई नेपालको राजनीतिक सामाजिक आर्थिक सबै ढंगले मुल प्रवाहमा राखेर नेपालको बिकास र समृद्धिको दिशामा लैजाने हाम्रो अभियान छ । त्यस अभियानमा तपाइहरुको योगदान रहन सकोस ।
यौनिक तथा लैंगिक अल्पसंख्यकबारे मानिसहरुमा ठुलो अज्ञानता र भ्रम छ । इतिहासमा के हुन्छ भने जो मान्छे आफुलाई अगुवा ठान्दछ, नेता ठान्दछ र उहीआफै सबै भन्दा बढि अज्ञानी हुन्छ । समलिंगी तेस्रोलिंगी हुनु प्रकृति प्रद्धत्त गुण र प्रकृतिबाटै सृजना भएको हो । त्यसको ज्ञान नराखि बिभिन्न पुर्वाग्रहहरु बोकेर यौनिक र लैंगिक अल्पसंख्यक माथी विभेद हुदै आएको छ । ती मान्छेहरुले उल्टै आफनो अज्ञानतालाई ढाकछोप गरेर यौनिक तथा लैंगिक अल्पसंख्यक हुनु भनेको कुनै रोग हो, अप्राकृतिक कुरा हो भन्ने गर्छन् त्यो उनीहरुको आफनै अज्ञानता हो ।
आज हामी वैज्ञानिक युगमा छौ, थुप्रै आबिस्कारहरु भइसकेका छन र नयाँ तथ्यहरु स्थापित छन् ।

विज्ञानले के भन्छ भने यौनिक तथा लैंगिक अल्पसंख्यक हुनु अथवा तेस्रोलिंगी र समलिंगी हुनु भनेको यो प्रकृति प्रद्धत्त गुण हो । यसलाई कसैले पनि चाहेर बदल्न सक्दैन । त्यसो भएको हुनाले त्यसलाई स्वीकार्नु, पहिचान कायम राख्नु र समाजका सबै क्षेत्रमा बराबरी रुपमा व्यबहार गर्नु नै आजको सभ्य संसारको कार्यभार हो । तर यसका विपरित केही मान्छेहरुले यो कुरालाई अझै स्वीकार गर्न सकिरहेका छैनन् । आफुलाई सत्तामा राखेका मान्छेहरु, ज्ञानी, विद्वान नेताहरु यो अज्ञानता अझै बोकेर बसेका छन । तेस्रोलिंगी समलिंगी सन्तान भयो भने त्यसलाई बोझको रुपमा लिने र उनीहरुलाई घरबाट निकालिदिने, समाजमा विभेद गरिदिने र सबै प्रकारका अधिकार र अबसरबाट बञ्चित गरिदिने अत्यन्त अपराधिक क्रियाकलाप अहिले पनि भइरहेको छ । त्यसैले अहिले सभ्य संसारमा यस बिषयमा एउटा ठुलो बहस र विवाद छ ।

अहिले समावेशी समानुपातिक लोकतन्त्रको युग हो । त्यसमा यो यौनिक तथा लैंगिक अल्पसंख्यकको पनि समावेशी समानुपातिक आधारमा राज्यका सबै अंगमा प्रतिनिधित्व गराउने र समाजका सबै क्षेत्रमा समावेस गर्ने विश्वव्यापी मान्यता बन्दै आएको छ । संयुक्त राष्ट्रसंघका कयौ मान्यताहरु अगाडी बढेका छन् । नेपालमा संबिधानसभाबाट बनेको संबिधानमा पनि हामीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मौलिक अधिकार सुनिश्चित गरेका छौ र कानुन त अब तपाइहरुले बराबर अधिकार प्राप्त गर्नु भएको छ, त्यसमा मलाई गर्व छ । म पनि संबिधान निर्माण गर्ने मध्येको एक जना थिँए, संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको नाताले तपाइहरुका प्रतिनिधिहरुसँंग, नील हिरा समाजका साथीहरुसंँग हामीले प्रसस्त छलफल गर्यौ । मैले बोलाएरै अन्तरक्रिया पनि गरे र समुदायकै सुझाव अनुसार संबिधानमा मौलिक अधिकार हामीले सुनिश्चित गरेका छौ ।

बिभिन्न खण्डहरुमा हामीले यौनिक तथा लैंगिक अल्पसंख्यक उल्लेख गरेका छौ । त्यसमा हामीलाई गर्व छ । अब संबिधान त र कानुन त नेपालमा तपाइहरुलाई कसैले पनि विभेद गर्न सक्दैन । जसले विभेद गर्छ त्यो अपराधको भागेदारी हुन्छ, दण्डको भागेदारी बन्दछ । त्यसैले तपाइहरुलाई मेरो आग्रह के छ भने तपाइहरु अब कुण्ठित भएर बस्नु हुदैन, तपाइले आफनो पहिचान खुल्ला रुपले राख्नुपर्छ र अरुलाई पनि तपाइहरुले अभिप्रेरित गर्नुपर्छ । सबै भन्दा महत्वपुर्ण कुरा भनेकै पहिचानको कुरा हो । जब प्राकृतिक कुराले तपाइहरु भिन्न हुनुहुन्छ भने त्यो पहिचान प्राप्त गर्नु तपाइहरुको अधिकार हो, त्यो तपाइले सगर्व घोषणा गर्नुपर्छ र सबैले त्यसलाई साथ सहयोग दिनुपर्छ ।
नयाँ शक्ति नेपाल त्यस अर्थमा तपाइहरुको अभिभावक बन्छ, तपाइहरुको परिवार बन्छ र हामीले जसरी परिवारका कुनै पनि सदस्यलाई विभेद गर्दैनौ, त्यसरी नै हामीले यौनिक तथा लैंगिक अल्पसंख्यक साथीहरुलाई पनि बराबरी सन्तानको रुपमा व्यबहार गर्छौ । यो प्रतिबद्धता म तपाइहरुलाई व्यक्त गर्न चाहन्छु । इतिहासदेखि हामीले हेर्यौ भने तेस्रोलिंगी र समलिंगी प्रवृति सुरुदेखि हामीले पाउछौ, जतिबेला मानब इतिहास बन्यो त्यतिबेलादेखि हामीले यो देख्छौ । महाभारतमा हामीले सीखण्डीका कुरा सुनेका छौ ‘सीखण्डी’ जो आफै तेस्रोलिंगी थिए र उनी अत्यन्त बहादुर लडाकु थिए । उनले महाभारत युद्धमा जुन भुमिका खेलेका छन ती महान महारथी भन्नेहरु पनि उनीसँग लडन डराउथे, त्यो हामीले इतिहासमा पढेका थियौ । माओवादी जनयुद्धको क्रममा हामीले थुप्रै कमाण्डरहरु समलिंगी तेस्रोलिंगीहरु भेट्यौ, उनीहरुले अत्यन्तै बहादुरीपूर्वक लडाइ लडेका थिए ।
अहिले संसारमा पनि ठुल–ठुला वैज्ञानिकहरु, नेताहरु यौनिक अल्पसंख्यकहरु भएको कुरा खुलेयाम स्वीकार्छन, उनीहरु स्थापित छन् । खास गरी नेपाल एउटा समानताको धारणा पालना गर्ने मुलुक मध्येको एक हो । मैले यहाँ नाम लिनु अन्यथा पर्न जाला, विदेशबाट आएका ठुल–ठुला कन्सल्टेन्टहरु चिनेको छु उनीहरु यौनिक अल्पसंख्यक छन, उनीहरु समलिंगी छन र अरु देशमा भन्दा नेपालमा बढी स्वतन्त्रता छ, सम्मान छ, पहिचान खुलेर राख्न पाइन्छ भनेर नेपाल रोजेर आएको मैले पाएको छु । कतिपय राजदुत कतिपय कुटनीतिज्ञहरु यौनिक अल्पसंख्यक छन् उनीहरुलाई म चिन्दछु । त्यसलाई हेरेर पनि तपाईहरुले आफुलाई गर्वका साथ उभ्याउन सक्नुपर्छ, तपाइहरु कुनै पनि हिसाबले कम हुनु हुन्न, प्रकृतिले तपाइलाई समान क्षमता दिएको छ, खाली तपाइहरुको पहिचान मात्रै फरक हो । त्यो पहिचान यहाँको विभेदकारी सामाजिक प्रणलीले विभेद गरेको मात्रै हो । त्यसैले अब हामी बैज्ञानिक, लोकतान्त्रिक युगमा प्रवेश गरीसकेका छौ र अब कुनै पनि प्रकारको विभेद तपाइहरु माथी गर्न पाइदैन, मिल्दैन । मेरो पहिलो आग्रह तपाइहरुलाई आफनो पहिचान खुलाउनको निम्ति तपाइले अभिप्रेरित गरिदिनुपर्छ । समाजमा पहिचान नखुलाई दमित भएर बसेको अपहेलित भएर बसेको ठुलो संख्यालाई नयाँ शक्ति पार्टीले अभियान नै चलाएर खुल्न अभिप्रेरित गर्ने छ । हामी बिभिन्न कार्यक्रमहरुमा तेस्रोलिंगीलाई समावेस गर्ने छौं र हाम्रो पार्टीका बिभिन्न कमिटिहरुमा साथीहरुलाई समावेशी प्रतिनिधित्व गराउछौं ।
केन्द्रमा हामीले प्रतिनिधित्वको सुुुरुवात गरिसकेका छौ र बिभिन्न कमिटिहरुमा पनि तपाइहरुलाई हामीले राख्छौ । तपाइहरुले सामाजिक कार्यक्रममा, राजनीतिक कार्यक्रममा उभिएर यसबारे जानकारी दिनुपर्छ । जानकारीको अभावमा धेरै मानिसहरुले फरक खालको दृष्टिकोण राख्छन । सौभाग्य भन्नुस वा संयोग मैले सानैदेखि यौनिक अल्पसंख्यकबारे बुझने अबसर पाए । मेरो मामाघर तनहुँ, म गोरखाको हुँ । तनहुँका हाम्रा एक जना मामा यौनिक अल्पसंख्यक हुनुहुन्थ्यो । सानैदेखि हामीलाई पुर्याउन उहाँ आउनुहुन्थ्यो । सात आठ बर्षको उमेर देखि नै मैले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे बुझने अबसर पाएको हुनाले मलाई त्यो रहस्यको बिषय कहिले पनि बनेन । अरु पुरुष जस्तै उहाँ पनि हुनुहुन्थ्यो एउटा पहिचान दिन उहाँ चाहनुहुन्थ्यो । सहि अर्थमा उहाँ यौनिक तथा लैंगिक अल्पसंख्यक हुनुहुन्थ्यो । सात आठ बर्षको उमेरदेखि नै त्यो कुरा बुझेको, जहिले पनि सहज बन्यो र कुनै पनि विभेद हामी देख्दैनथ्यौ । उहाँ हट्टाकट्टा हुनुहुन्थ्यो । मैले व्यक्तिगत रुपमा त्यो अबसर प्राप्त गरे । धेरै मानिसहरु ज्ञानको अभावमा यो पनि प्राकृतिक हो ? यो कुनै प्रकारको रोग हो ? यो लुकाउनुपर्ने कुरा हो ? भन्ने ढंगको भ्रम पालेर बस्छन् । त्यो भ्रम हामीले चिर्नुपर्छ ।
त्यसको निम्ति संगठन नै सबै भन्दा सजिलो माध्यम बन्न सक्छ । संगठनमा आबद्ध नभइ एक्लै गर्न सकिदैन किनकी एक्लै हिडेर पूर्वाग्रही मान्छेहरुले त्यसलाई स्वीकार गदैनन् । त्यसले गर्दा तपाइहरुलाई अपहेलित गर्न सक्छन र बिभिन्न अपराधिक खालका क्रियाकलापमा उनीहरुले मुछ्न पनि सक्छन । हिंसा पनि गर्न सक्छन । त्यसो भएको हुनाले तपाइहरु संगठनमा आबद्ध बन्नुपर्छ । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट हामी बिभिन्न प्रशिक्षण कार्यक्रममा तपाइहरुलाई सहभागी गराएर तपाइहरुले नै तपाइहरुकै मुखबाट यौनिक अल्पसंख्यक हुनु भनेको के हो ? कस्तो अनुभुति हुन्छ र अरु सरह तपाईं कसरी समान भावना राख्नुहुन्छ ? समान चाहानाहरु छन ? समान आकांक्षाहरु छन ? भन्ने कुराहरु तपाइहरुले बताउनुपर्छ । त्यो अबसर हामीले तपाइहरुलाई दिन्छौ । जुन संगठन बनाउन तपाइहरु गइराख्नु भएको छ, यसको संजाल तपाइहरुले देशको कुना काप्चासम्म, नगरका वडा वडासम्म यसलाई पुर्याउनुहोस । यस अभियानका क्रममा तपाइहरुलाई हामी पूर्ण रुपले साथ दिन्छौ । यो पहिचान खुल्यो भने अहिले लाखौको संख्यामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आफुलाई मुक्त भएको अनुभुति गर्नेछन् । यो अभियानको रुपमा अगाडी बढाउन म तपाइहरुलाई बिशेष आग्रह गर्न चाहन्छु ।
अब पहिचान र अधिकारको प्रश्नपछि यो बिभिन्न अधिकारहरु मध्ये राजनीतिक अधिकार पनि मुख्य अधिकार हो । अहिलेसम्म पनि राज्यका बिभिन्न अधिकारहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई स्थान दिने अभ्यास सुरु भएको छैन । त्यसैले पार्टीमा जस्तै सबै अंगमा प्रतिनिधित्व गराउछौ । त्यसैगरी राज्यका सबै अंगमा पनि तपाइहरुको प्रतिनिधित्व हुनुपर्छ । त्यसको लागि तपाइहरुले आवाज उठाइराख्नुपर्छ । महत्वपूर्ण अर्को प्रश्न भनेको आर्थिक रुपमा आत्मनिर्भर नबनेसम्म तपाइहरुको सम्मान सुरक्षित बन्दैन । जबसम्म आर्थिक रुपमा अरुको भरमा पर्नुपर्ने हुन्छ, त्यतिबेलासम्म आफनो बराबरीको अधिकार व्यबहारत प्रत्याभुत हुदैन । त्यसो भएको हुनाले नयाँ शक्ति पार्टी नेपालले आर्थिक बिकास र समृद्धिलाई मुख्य केन्द्रमा राखेर जुन राजनीति अगाडी बढाइराखेको छ, हामीले भोली सत्तामा गएपछि नेपाललाई कसरी सात, पन्ध्र र पच्चिस वर्षमा सम्वृद्ध बनाउने भन्ने योजना बनाएका छौ । सबैलाई गरिवीको रेखा भन्दा तल रहन नदिने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी सबैलाई गर्ने जुन हामीले परिकल्पना गरेका छौ त्यो हामीले सत्तामा पुग्नु पहिले पनि योजनाहरु बनाएर तपाइहरुलाई उत्पादनका योजनाहरुमा जोड्ने हुन्छन । त्यसलाई सघाउने पनि हाम्रो योजना छ । त्यसैले तपाइहरुको संगठनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले आर्थिक योजनाहरु बनाउन, त्यसको निम्ति वित्तीय व्यबस्थापनका कुरा, स्रोत परिचालन गर्नुपर्ने कुरा र प्राविधिक ज्ञानका कुरा पनि हामीले तपाइहरुलाई उपलब्ध गराउने छौ । तपाइहरु क्रियाशिल भएर लाग्नुहोस भन्ने म आग्रह गर्न चाहान्छु ।
सामाजिक सास्कृतिक पक्ष ः लामो लडाइ लडनुपर्छ धेरै समय लाग्छ । हिम्मत हार्नु हुदैन । तपाइहरु त चेतना भएका मानिसहरु हो । गर्वका साथ आफनो पहिचान खुलाउनै पर्छ । तपाइहरुले नारा नै तयार गरे हुन्छ । धेरै पहिले मधेशी भन्ने गरिन्थ्यो । जनयुद्धपछि आएर हामीले भित्ता–भित्तामा के लेखेका थियौ भने गर्व से कहो हम मधेसी भनेर हामीले लेख्या थियौ । मधेसी भन्दा पहिले गालीका रुपमा लिइन्थ्यो । त्यसकारण हामी गर्वसे भन्थ्यौ । तपाइहरु पनि ‘हामी गर्व साथ भन्छौ, हामी यौनिक अल्पसंख्यक हौ’ भनेर भन्नुपर्छ त्यसको लागि अभियान नै चलाउनुपर्छ भन्ने मलाई लाग्छ । यसो भयो भने तपाइहरुलाई कसैले पनि हेप्ने आट गर्दैन । सास्कृतिक ढंगले व्यबहारिक ढंगले पारिवारिक ढंगले तपाईंहरु पनि अरु सरह समान नै तपाइहरुको इच्छा पनि बराबर हुन्छ । त्यसैले समलिंगीहरुले आफनो वैवाहिक मान्यता पाउनुपर्छ भन्ने कुरा बिलकुल जाहेज छ । कतिपय देशहरुमा यो बिस्तारै आउदैछ भने नेपालमा संबिधानले बराबरीको अधिकार दिएको छ । समलिंगीहरुले वैवाहिक सम्बन्ध कायम गरेर परिवार कायम गर्ने अधिकार पाउनै पर्छ । त्यसलाई व्यबहारमा प्रयोग गर्नको निम्ति नयाँ शक्ति नेपालले तपाइहरुलाई पुरै साथ सहयोग दिन्छ कानुनी लडाइ लडनु पर्यो भने पनि हामी लडछौ, राजनीतिक रुपमा पनि हामी लडछौ । यो बिषयलाई अगाडी बढाउनुस हामी पूर्णरुपले साथ दिन्छौ । यसरी सबै क्षेत्रमा तपाइहरुको समानता रहन्छ ।
साथीहरु नयाँ शक्ति पार्टी त्यतिकै बनेको होइन । राजनीतिक पार्टीहरु मध्येको थप एउटा पार्टी यो होइन । नयाँ युगले नेपाल प्रवेश गरेको छ । पहिलो चरण हाम्रो भौगोलिक एकिकरणको युग थियो राष्ट्र र भुगोल निर्माणको युग थियो । पृथ्वीनारायण साहदेखि भिमसेन थापासम्म त्यसपछि लोकतन्त्र प्राप्तिको युग आयो । त्यसलाई हामीले सात साल हुदै माओवादी जनयुद्ध र अहिलेको संबिधान सभासम्म आइपुग्दा राजनीतिक लडाइ लडेका छौं । अब तेस्रो युगमा छौ बिकास र समृद्धिको युग । विकास र समृद्धिको निम्ति नयाँ ढंगको आबश्यकता पर्छ । हिजोकै संगठन बनाएर बिकास र समृद्धिको नेतृत्व गर्न सकिदैन । जसरी हिजो पुरानो व्यबस्था भत्काउनको निम्ति बनेका संगठनहरु थिए, अब नयाँ निर्माण गर्नको निम्ति, आर्थिक विकास र समृद्धिको नयाँ निर्माण गर्ने कुरा हो । त्यसको निम्ति नयाँ सोच बिचार चाहिन्छ भनेर हामीले नयाँ शक्तिको परिकल्पना गरेका हौ । त्यस अर्थमा नया शक्ति एउटा बैकल्पिक राजनीतिक धार हो । यो एउटा पुरानै राजनीति भित्रको एउटा पार्टी होइन । यसले राजनीतिक, सामाजिक, आर्थिक सबै हिसाबले विलकुल फरक धारणा राख्ने भएको हुनाले त्यसलाई यहि ढंगले बुझन र तपाइहरु त्यसमा लाग्न आग्रह गर्दछु ।
अन्तमा यो संगठनलाई तपाइहरुले निकै राम्रो ढंगले अगाडी बढाउनुहोस र देशभरी पहिचान लुकाएर बसेका मानिसहरुलाई संगठनमा आबद्ध गरेर बिभिन्न प्रकारका प्रशिक्षण कार्यक्रमहरु, बिभिन्न प्रकारको उत्पादन योजनाहरुमा जोडेर उहाँहरुलाई राष्ट्रिय मुल प्रवाहमा ल्याउने काम गर्नुहोस । नयाँ शक्ति पार्टीले सबै प्रकारको संरक्षण तपाइहरुलाई दिनेछ । नयाँ नेतृत्वले नेपालको इतिहासमा लैंगिक तथा यैनिक अल्पसंख्यकहरु सबै देश भन्दा अगाडी बढेका र अगाडी बढने शक्ति हुन भन्ने स्थापित गर्न सफल हुनुहोेस, यही शुभकामना ।
(नयाँ शक्ति पार्टीले समलिंगी तेस्रोलिंगीलाई समेटेर ‘यौनिक तथा लैंगिक अल्पसंख्यक संगठन’ नामक भातृ संगठन गठनका क्रममा डाक्टर बाबुराम भट्टराईले व्यक्त गरेको धारणा )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading