निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

देवानी र फौजदारी संहिताले विशेष समुहका लागि विशेष कानुन नै आकर्षित हुने व्यवस्था गरेका छन् : कर्ण

देवानी र फौजदारी संहिताले विशेष समुहका लागि विशेष कानुन नै आकर्षित हुने व्यवस्था गरेका छन् : कर्ण

515
SHARES

काठमाडौं (पहिचान) फागुन २७ – सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मणलाल कर्णले फौजदारी र देवानी संहिताले विशेष समुहका लागि विशेष कानुन नै आकर्षित हुने भन्दै समलिंगी तेस्रोलिंगीकाहकमा पनि त्यही हुने बताएका छन् । संसद्को विधायन समितिका सदस्य तथा फौजदारी संहिता उपसमितिका संयोजक समेत रहेका कर्णले पहिचानसँगको कुराकानीमा समलिंगी तेस्रोलिंगीकासाथै बालबालिका र अन्य विशेष समुहका लागि पनि नेपालमा कानुन बन्ने क्रममा रहेको बताए ।‘देवानी र फौजदारी संहिताको दफा ३ ले विशेष समुहको हकमा विशेष कानुन नै आकर्षित हुने स्पष्ट व्यवस्था गरेको छ,’ सहअध्यक्ष कर्णले भने, ‘त्यसकारण समलिंगी तेस्रोलिंगी, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुलगायत विशेष समुहको हकमा विशेष कानुन आकर्षित हुन्छ, यो देवानी र फौजदारी संहिता ‘जेनरल ल’ मात्र हुन् ।’ उनले त्यही विश्लेषणका आधारमा विधायन समितिले समलिंगी तेस्रोलिंगीका पर्याप्त सुझाव पाएर पनि विवाहसम्बन्धि मागलाई संबोधन नगरेको बताए । ‘कुनै समुहका लागि छुट्टै कानुन नै बन्दै छ भने देवानी संहितामा त्यही कुरा लेखियो भने बरु कानुन विवादित हुन सक्छ, तर विशेष कानुनले संबोधन गरेपछि समस्या आउँदैन,’ कर्णले भने, ‘त्यसैले अब समलिंगी तेस्रोलिंगीले विशेष कानुन आउँदासम्म धैर्यता गर्नुपर्छ ।’ उनले समलिंगी तेस्रोलिंगीले आफ्ना अधिकारका सवाल विशेष कानुन निर्माणका क्रममा भने बलियो रुपमा राख्न सुझाव दिए ।

समाचार शेयर गर्नुहोस्
515
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.