अब समलिंगी तेस्रोलिंगीले राज्य र दलहरुको ढोका ढकढकाउनुपर्छ : डा. डिम्पलकुमारी झा

अब समलिंगी तेस्रोलिंगीले राज्य र दलहरुको ढोका ढकढकाउनुपर्छ : डा. डिम्पलकुमारी झा

काठमाडौं (पहिचान) चैत्र ७ – नेपाल सद्भावना पार्टीकी नेतृ तथा सांसाद डाक्टर डिम्पलकुमारी झाले समलिंगी तेस्रोलिंगीले संबैधानिक अधिकार प्राप्त गरेकाले त्यसलाई कार्यान्वयन गर्न सरकारसँगै राजनीतिक दलको पनि ढोका ढकढकाउनुपर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा डाक्टर झाले सबैलाई व्युझाउन आफै लाग्नुपर्ने बताइन् ।
‘एउटा आमाले समेत बच्चा नरुदासम्म दुध खुवाइदिनन् भने राज्यले अधिकार दिन आफै आउँछ भन्ने मान्यता राख्नै हुँदैन,’ डाक्टर झाले भनिन्, ‘त्यसैले समलिंगी तेस्रोलिंगीले पनि अब अधिकार स्थापित गर्नका लागि राज्यको र दलहरुको ढोका एकसाथ ढकढकाउनु पर्छ ।’ उनले आफ्नो पार्टीमा पनि कुनै समलिंगी तेस्रोलिंगी खुलेर नआएको भन्दै अधिकार दिनका लागि उनीहरुनै माग्न आउनुपर्ने बताइन् । ‘राजनीतिक दलमा जाने र उनीहरुको ढोका ढकढकाउने गरेर मात्र राजनीतिक अधिकार स्थापित हुन सक्छ’ झाले भनिन् ।
राजनीतिक अधिकारका लागि लडिरहेको ठुलो समुह समेत अधिकार नपाएर बसरिहेको भन्दै भखैरै खुलेर अधिकारको लडाइमा रहेको समलिंगी तेस्रोलिंगी समुदायले थप क्रियाशील हुनुपर्ने बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.