समलिंगी जोडी मोनिका–रमेशनाथ भन्छन –‘हामीले परिवार व्यवस्थापन मात्र हैन समाजमा समायोजित पनि हुन सक्यौं’

समलिंगी जोडी मोनिका–रमेशनाथ भन्छन –‘हामीले परिवार व्यवस्थापन मात्र हैन समाजमा समायोजित पनि हुन सक्यौं’

883
SHARES

काठमाडौं (पहिचान) साउन ३१ – समलिंगी विवाह गरेको मोनिका–रमेश नाथको जोडिले समलिंगी विवाहलाई समाजमा समेत स्थापित गरेको बताएका छन् । गत बैसाखमा समलिंगी विवाह गरेको यो जोडिले साउन चार गते डडेलधुरा जिल्लाको परशुराम नगरपालिकामा विवाह दर्ता समेत गरेको थियो ।

‘हामीबीचको प्रेमका कारण सुरुमा त हामीले केही नसोची विवाह गर्ने निर्णय गरेका थियौं, त्यसपछि हामीलाई परिवारमा समायोजित हुने र स्वीकार्य बनाउने चुनौंति भयो,’ विवाह दर्ता पछि काठमाडौं आएकी मोनिकाले पहिचानसँग भनिन्, ‘धेरै राम्रोसँग बुझाउन सकेका कारण परिवारमा सबैले स्वीकार्ने अवस्था बनायौं, त्यसपछि ठुलैं संघर्ष गरेर राज्यलाई स्वीकार्न बाध्यपार्दै विवाह दर्ता पनि गरायौं ।’ उनले अहिले समाजमा पनि आफूहरु स्थापित भएको बताइन् ।

‘तपाई डडेलधुराको परशुराम नगरपालिकाका आएर हामी बसेको ठाउँमा आएर बुझ्न सक्नुहुन्छ, मलाई मेरो सासु ससुरा र दिदीले मात्र हैन पुरै समाजले सम्मानपूर्वक स्वीकार गरेको छ ।’ पहिले विवाह भएर दुई छोरा समेत भइसकेका रमेशनाथसँग विवाह गरेकी मोनिकाले दिदी भनेर रमेशनाथकी श्रीमतिलाई संबोधन गरेकी हुन् ।

‘दिदीले हामीलाई बुझ्नुभयो र हाम्रो विवाह दर्ताका लागि समेत आफै उपस्थित भएर अनुमति दिनुभयो,’ मोनिकाले भनिन्, ‘अहिले हाम्रा दुई छोरा छन् । एक जना तिमीलाई एकजना मलाई भन्नुभएको छ ।’ मोनिकाले आफूले हरेक तेस्रोलिंगी महिलालाई आफूजस्तै पुरुषसँग विवाह गरेर सम्मान पूर्वक बाच्ने अवस्थामा लागि पर्ने बताइन् ।

मोनिकासँगै रहेका रमेश नाथले सुरुमा आफूलाई प्रेम कै कारण गाउँ छोड्नुपर्ने हो कि भनेर डर लागेपनि पछि सोचेभन्दा राम्रो परिस्थिति नर्मिाण भएको बताए । ‘एक त म विवाहित थिए । त्यसैले घरबाट पनि समस्या हुन्छ कि भन्ने सोचेको थिए,’ रमेश नाथले भने, ‘त्यसबाहेक पनि समाजले हामीलाई बस्न दिदैन होला भन्ने डर थियो, त्यो सबै गलत भयो, हामीलाई समाजले स्वीकारेको छ ।’ उनले राज्यबाट समेत विवाह दर्ता भएर सबैकुरामा अनुकुल परिस्थिति निर्माण भएको बताए ।

‘अब हामीले परिवार व्यवस्थापन मात्र हैन समाजमा समायोजित हुन पनि सकेका छौं,’ मोनिका–रमेश नाथले एक स्वरमा भने, ‘यो सुनाउँन पाउदा हामीलाई गर्व छ ।’

समाचार शेयर गर्नुहोस्
883
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.