रातो सारी र हरियो पोतेमा सजियर आमाले तिज मनाउँदा मलाई पनि मन कटक्क हुन्थ्यो : पिंकी गुरुङ

रातो सारी र हरियो पोतेमा सजियर आमाले तिज मनाउँदा मलाई पनि मन कटक्क हुन्थ्यो : पिंकी गुरुङ

काठमाडौं (पहिचान) भदौ ८ – लमजुङमा जन्मिएका संजीव गुरुङको वर्तमान पहिचान पिंकी गुरुङ हो । सानो छँदा छोराकै रुपमा हुर्किएका गुरुङलाई हरेक वर्ष आमाले रातो सारी र हरियो पोतेमा सजिएर तिज मनाउँन जाँदा आफूलाई पनि त्यस्तै हुने रहर जाग्थ्यो । मनैं कटक्क हुन्थ्यो ।

‘म पनि आमाको पछि पछि जान्थे, तिजको माहोलमा रामाउन थाल्थे,’ पिंकी विगत सम्झन्छिन्, ‘जव म तिजको माहोलमा झुमेर रमाउन थाल्थे, यो महिलाहरुको ठाउँ हो, बाहिर जा भन्दै निकालिदिन्थे, मनैं खिन्न पारेर फर्कनुपथ्र्यो ।’ उनले आमा जस्तै हुने रहर पटक–पटक जागेर पनि त्यसलाई कुण्ठाभन्दा माथि स्थान दिने अवसर प्राप्त नभएको सुनाइन् ।
उनले जीवनको २२ औं बसन्त पार गरेपछि मात्र मनको चाहना पुरा भएको भन्दै त्यसपछि आफू जस्तै अरुहरुको आत्मविश्वास र भावनात्मक सम्मान बढाउन लागि परेको बताइन् । ‘म जस्ता हजारौं तेस्रोलिंगीहरु अहिले पनि खुल्न नसकेर कुण्ठामै बाचिरहेका होलान्,’ पिंकीले भनिन्, ‘तर वितेका १६ वर्ष देखि नील हिरा समाजले खुलेर आएका, घरबाट बहिस्किृत भएकाहरुलाई तिज मनाउने र रमाउने अवसर दिदै आएको छ ।’ उनले यस पटकको तिज पनि अझ विशेष बनाउन लागेको सुनाईन् ।
‘यसपटक हामीले आ–आफ्ना ढंगले तयारी सहित सजिएर आउन तेस्रोलिंगी तथा समलिंगी महिलाहरुलाई आह्वान गरेका छौं,’ पिंकीले भनिन्, ‘हामी यसपटक तिजमा सबैलाई एउटा एउटा टाइटलसहित ‘गिफ्ट ह््याम्पर’ दिदैछौं ।’ उनले पुरस्कृत गर्ने माध्यम नैं उपस्थितहरुको भोट भएको भन्दै पारदर्शी माध्यमबाट प्रतियोगिताको भावना बढाउन लागेको बताइन् ।
पिंकीले तेस्रोलिंगीहरुलाई कुण्ठा पालेर जीवन सार्थक नहुने भन्दै जति चाडो खुल्ने आँट गर्यो त्यति नैं जीवन पनि सहज हुने बताइन् । ‘तपाई जति चाडो आँट र शाहस गरेर बाहिर आउनुहुन्छ, त्यति नैं चाडो तपाइको जीवन सार्थक र सहज पनि हुन्छ,’ पिंकीले भनिन्, ‘पहिचान लुकाएर बस्नुभयो भने तपाईको जीवन त कुण्ठाले भरिन्छ नैं, तपाई आफूले आफूलाई हेर्ने दृष्टिकोण नैं प्रस्ट हुँदैन भने दुनियाले त तपाईलाई रहस्यकै विषय बनाइरहने छन् ।’
उनले तीजका अवसरमा महिलाहरुमा जस्तै कतिपय तेस्रोलिंगीहरुबीच पनि अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै त्यसलाई नियन्त्रण गर्न आफनोे गक्ष अनुसार पर्व मनाउन सुझाव दिइन् । ‘तीजलाई गहना कपडा देखाउने पर्वका रुपमा विकास गरिदैछ । यो समस्या महिलाहरुमा मात्र नभएर तेस्रोलिंगीमा पनि देखिएको छ,’ पिंकीले भनिन्, ‘यसले मानिसलाई मानसिक र आर्थिक रुपमा नकारात्मक असर पारिरहेको छ यसलाई सच्याउन जरुरी छ ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.