समलिंगीे व्यवहारबारे गाउँ टोलमा जानकारी गराउन श्रेष्ठको सुझाव

समलिंगीे व्यवहारबारे गाउँ टोलमा जानकारी गराउन श्रेष्ठको सुझाव

648
SHARES

राज चौधरी/कैलाली (पहिचान) भदौ १४ – राष्ट्रिय एचआईभी तथा एड्स महासंघकी सरिता श्रेष्ठले एचआईभी संक्रमित व्यक्तिलाई नियमित एआरटी तथा पौष्टिक आहार र सन्तुलित भोजनको आवश्यकता पर्ने वताएकी छन् । नील हिरा समाजको शाखा कार्यालय धनगढीले आयोजना गरेका कार्यक्रममा उनले नियमित व्यायम गर्नु पर्ने र नियमित सिडीफोर परिक्षण गर्न समलिंगी तेस्रोलिंगीलाई सुझाव दिइन ।

नेपालमा महिला तथा तेस्रोलिंगीलाई एच आई भीको जोखिम बढी नै हुने गरेको वताउँदै उनले एचआइभी संक्रमित तेस्रोलिंगी व्यक्तिलाई नराम्रो दृष्टिकोणले हेर्ने तथा भेदभाव गर्ने काम अन्त्य हुनु पर्नेमा जोड दिइन । श्रेष्ठले समलिंगी तेस्रोलिंगीलाई समाजमा गरिने व्यवहार नकारात्मक भएकै कारण उनीहरु एचआईभीको बढी चपेटामा परेको वताइन । समलिंगीे व्यवहारको बारेमा गाउँ टोल समाजमा जानकारी गराउने र आफै पनि खुलेर आएमा समस्या समाधान हुने उनको भनाई छ ।

“समाजमा समलिंगी तेस्रोलिंगी सम्बन्धको बारेमा जानकारी नहुँदा यो समुदायको व्यक्तिलाई समस्या भईरहेको छ उनले भनिन्, यो व्यबहारले गर्दा जोखिमपुर्ण यौन व्यवहार गरिरहेका हुन्छन्, यसको साथ साथै यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नै समस्या खुलेर भन्न नसक्ने तथा रगत परीक्षण गराउन क्लिनिकसम्म पुगेर पनि आफ्नो मनोबल घटाई भाग्ने जस्ता समस्या रहेको पाईन्छ ।”

यो समस्यालाई कम गर्न तथा यसको जरा उखेल्न बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, मानव अधिकारकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजको अहम भुमिका रहनेमा उनले जोड दिइन । उनले यो बिषयमा सबैले चा“सो राखेर सकारात्मक परिवर्तन गर्नु पर्ने सुझाव समेत दिइन ।

समाचार शेयर गर्नुहोस्
648
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.