अक्षरमा लेख्दैमा समाज परिवर्तन हुँदैन : अध्यक्ष गुरुङ्ग समलिंगी तेस्रोलिंगी अधिकार नै मानव अधिकार : श्रेष्ठ

अक्षरमा लेख्दैमा समाज परिवर्तन हुँदैन : अध्यक्ष गुरुङ्ग समलिंगी तेस्रोलिंगी अधिकार नै मानव अधिकार : श्रेष्ठ

कास्की (पहिचान) भदौ २२- नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले संविधानमा अधिकार लेख्दैमा त्यो व्यवहारमा परिणत नहुने बताएकी छन् । पोखरामा आजबाट सुरु दुई दिने परामर्श भेलाको उद्घाटन सत्रलाई संबोधन गर्र्दै उनले भनिन्, अक्षरमा लेख्दैमा अधिकार उपभोग गर्न पाइन्छ भन्ने छैन । स्थानीय सरकारमा संविधान अनुसारको कानुन बन्छ कि बन्दैन भन्ने कुरा मुख्य पक्ष हो ।

संविधानमा लेखिएको अधिकार कानुनमा मात्रै सिमित हुने खतरा रहेको भन्दै उनले संविधान अनुसारको कानुन बन्नु पर्नेमा जोड दिइन् । समलिंगी विवाहलाई मान्यता दिनुपर्ने भन्दै उनले त्यही अनुसारको कानुन बन्नुपर्नेमा जोड दिइन् । मानवअधिकारका कुरा गरिरहँदा समलिंगी तेस्रोलिंगी दिनहुँ बलात्कृत भइरहेको भन्दै उनले भनिन्, हरेक दिन बलात्कृत हुने यो कस्तो कानुन र मानव अधिकार हो ?

अध्यक्ष गुरुङ्गले १७ वर्ष अगाडि ७ जनाबाट सुरु भएको समलिंगी तेस्रोलिंगीको अभियान आजसम्म आइपुग्दा धेरै हन्डर र ठक्कर खाएको सम्झिइन् । उनले दिनहुँ सरोकारवाला पक्षलाई नझक्झकाए पाएको अधिकार पनि गुम्ने खतरा रहेको बताइन् ।

१७ वर्षमा सामाजिक रुपान्तरणको अवस्थामा नील हिरा समाज आइपुगेको भन्दै यसलाई थप प्रभावकारी बनाउन समलिंगी तेस्रोलिंगीको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको गुरुङ्गले जोड दिइन् ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले समंलिंगी तेस्रोलिंगीको अधिकार सुरक्षित गर्ने कानुन बनाउन सांसदलाई दवाव दिनुपर्नेमा जोड दिए । उनले समलिंगी तेस्रोलिंगी अधिकार नै मानव अधिकार भएको भन्ने नविर्सिन पनि सुझाव दिए । श्रेष्ठले समलिंगी तेस्रोलिंगीलाई सरकारले आरक्षणको व्यवस्था गर्नु पर्नेमा जोड दिए । समाजका सबै अल्पसंख्यकलाई अवसर नदिँदा समाज पछि परेको उनले बताए ।

भेलामा देशभरबाट प्रतिनिधिमुलक रुपमा २ सय भन्दा धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यको सहभागिता रहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.