उमेरको जवानी र जोश ठमेलमा खेर नफाल्न सुझाव

उमेरको जवानी र जोश ठमेलमा खेर नफाल्न सुझाव

कास्की (पहिचान) भदौ २३ मेकअप आर्टिस्ट सोफी सुनुवारले आफ्नो उमेरको जवानी र जोश ठमेलमा खेर नफाल्न आग्रह गरेकी छन् । पोखरामा नील हिरा समाजको दुई दिने कार्याशाला गोष्ठीमा उनले जिन्दगीको उर्जाशील समय क्षणीक रमाइलोका लागि खेर नफाल्न सुझाव दिइन ।

पहिलो तेस्रोलिंगी मेकअप आर्टिस्ट समेत रहेकी सोफीले सफलताका लागि संघर्ष गर्नुपर्नेमा जोड दिइन् । सुरुमा आफूले आफ्नो बारेमा समेत केही थाहा नपाएको अवस्थामा नील हिरा समाजले सहयोग गरेको उनले बताइन् ।

आफूले संघर्ष गर्दै आजको अवस्थामा आइपुगेको भन्दै उनले संघर्षको चरणमा नआत्तिन समेत सुझाव दिइन् । कुशल कामले नै आफूलाई प्रमाणित गर्न सक्नु पर्ने उनले बताइन् । सोफीले आफ्नो काम र व्यबहारले नै अहिले नेपाली ग्ल्यामरस फिल्डमा राम्रो छबी बनाउन सकेको बताइन् । नेपाली चलचित्र उद्योगमा अहिले आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै मेकअप आर्टिस्ट सोफीले आफू पहिलो तेस्रोलिंगी मेकअप आर्टिस्ट भएकोमा खुसी व्यक्त गरिन् ।

“म पहिलो मेकअप आर्टिस्ट हुनुको अर्थ यो पेशामा अरु पनि आउनुपर्छ भन्ने हो । र यसका लागि म यौनिक तथा लैैगिक अल्पसंख्यकलाई सहयोग गर्न तयार छु र सहयोग गरिपनि रहेको छु । आर्थिक रुपमा आफू सफल हुनु भनेको सामाजिक र पारिवारिक विभेद कम हुनुपनि हो ।”

नेपाली ग्ल्यामरस फिल्डमा यौनिक तथा लैैगिक अल्पसंख्यक समूदाय थुप्रै भएपनि धेरै नखुलेको पनि उनले स्पष्ट पारिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.