‘पव्लिकलाई भन्दा धेरै जनप्रतिनिधिलाई अभिमुखीकरण आवश्यक देखियो’ : रमेश राउत

‘पव्लिकलाई भन्दा धेरै जनप्रतिनिधिलाई अभिमुखीकरण आवश्यक देखियो’ : रमेश राउत

911
SHARES

काठमाडौं (पहिचान) असोज ६ – खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडाम्बर–३ का अध्यक्ष रमेश राउतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा सर्वसाधारणलाई भन्दा ज्यादा जनप्रतिनिधिलाई अभिमुखीकरण आवस्यक देखिएको बताएका छन् । विद्यार्थी राजनीतिबाट माथि उठेर खोटाङमा स्थानीय तहको जनप्रतिनिधि बनेका राउतले जनप्रतिनिधिलाई पनि थुप्रै कुरा बुझाउन आवश्यक भएको बताएका हुन् ।

‘म विश्वविद्यालयमा विद्यार्थी राजनीतिमा हुँदा धेरै समलिंगी तेस्रोलिंगीहरुलाई नजिकबाट देख्ने र उनीहरुका विषय बुझ्ने मौंका पाएको थिए,’ पहिचानसँगको कुराकानीमा वडाध्यक्ष राउतले भने, ‘तर, खोटाङमा म जनप्रतिनिधि बन्दा मसँगै निर्वाचित थुप्रै जनप्रतिनिधिमा समलिंगी तेस्रोलिंगीबारे संकुचित धारण पाए । कतिपय विषयमा उनीहरुका गलत बुझाईहरु पनि हुँदा रहेछन् ।’ उनले स्थानीय जनप्रतिनिधिले स्थानीय जनताका सबै समस्या बुझिदिनु पर्ने भन्दै जनप्रतिनिधि आफैमा नै गलत धारणा भएमा त्यसले थप समस्या ल्याउने बताए ।

‘मैले वडाध्यक्ष निर्वाचित भएपछि एकजना बुवा छोराको विश्वकर्माबाट थर परिवर्तन गरी शर्मा बनाउन सिफारिस गरे र उनीहरुले शर्मा थर लेखेर नागरिकता पनि बनाइसके,’ अध्यक्ष राउतले भने, ‘त्यस्तै गरी यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी तेस्रोलिंगी) लाई पनि नयाँ पहिचान अनुसार अर्थात उनीहरुले रोजेकै पहिचानमा नागरिकता परिवर्तन गरिदिनु भन्ने आदेश दिएको सुनेको छुँ । उनीहरुलाई पनि सिफारिस स्थानीय तहबाट वडाले नैं गर्ने हो ।’ उनले समलिंगी तेस्रोलिंगीबारे जनप्रतिनिधिले नैं राम्रोसँग नबुझेमा सर्बोच्चको आदेशको पालनामा समेत समस्या हुन सक्ने बताए ।

हलेसीतुवाचुङ नगरपालिकाको विधायन समितिको संयोजक तथा न्याययिक समतिको सदस्य समेत रहेका राउतले आफ्नो नगरभित्र समलिंगी तेस्रोलिंगीलाई खुलेर आए सहयोग गर्न आफू तयार रहेको भन्दै पहिले त्यो कुरा सबैको जानकारीमा लैजाने र त्यस्ता व्यक्ति भएमा सहयोग गर्ने पनि बताए ।

समाचार शेयर गर्नुहोस्
911
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.