कण्डम विरतण गरेर मनाइयो कण्डम दिवस

कण्डम विरतण गरेर मनाइयो कण्डम दिवस

मकवानपुर (पहिचान) असोज २२-दोहोरो सुरक्षाका लागि कण्डमको पहुँच बढाऔ भन्ने नाराका साथ कण्डम दिवस मनाइएको छ । कोजाग्रत पुर्णिमा पछिको पहिलो शनिबार मनाउदै आइरहेको राष्ट्रिय कण्डम दिवस मकवानपुर जिल्लाको हेटौडामा पनि सचेतना मुलक र्यालीको आयोजना गरि मनाइएको छ ।

”दोहोरो सुरक्षाका लागि कण्डममा पहुच बढाऔ ” भन्ने नाराका साथ मनाइएको दिवसमा विभिन्न सरकारी कार्यलयहरु जिल्ला विकास समिति, जिल्ला जन स्वास्थ्य, जि डब्लु पि, विजाम, परिवार नियोजन संघ, मकवानपुर महिला समुह, मकवानपुर पोजेटिभ समुह, नील हिरा समाज मकवानपर, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न संस्थाहरुको सहभागीता रहेको थियो ।

दिवसको अवसरमा निस्किएको र्यालीमा सहभागीहरुले कण्डम लुप बितरण गरि कण्डमको प्रयोगबाट हूने फाइदाको बारेमा जानकारी दिएका थिए ।

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.