तेस्रोलिंगी महिलालाई छोरीको रुपमा अपनाउछु : सामाजिक कार्यकर्ता जैसवाल

तेस्रोलिंगी महिलालाई छोरीको रुपमा अपनाउछु : सामाजिक कार्यकर्ता जैसवाल

964
SHARES

बिनोद बिसी/रुपन्देही (पहिचान) असोज २५ – सिद्धार्थनगर नगरपालिकाकी सामाजिक कार्यकर्ता पुनम जैसवालले आफू तेस्रोलिंगी महिलालाई छोरीको रुपमा अपनाउन तयार रहेको बताएकी छन् । महिला र तेस्रोलिंगी महिलामा कुनै फरक नलागेको भन्दै उनले आफू तेस्रोलिंगी महिलालाई छोरीको रुपमा अपनाउन तयार रहेको बताएकी हुन् ।

“मेरा छोरी छैनन् । मैले एउटा कार्यक्रममा उहाँहरुलाई राम्रोसँग चिन्ने मौका पाएँ, तीन दिनसम्म चलेको उक्त कार्यक्रममा मैले मनिला न्यौपानेलाई भेटेको थिएँ,” पुनमले भनिन्, “उहाँ मलाई साह्रै मन प¥र्यो । उहाँलाई आफ्नै छोरी बनाएर राख्न पाए हुन्थ्यो जस्तो लाग्यो । मनिला जि मलाई साह्रै मन प¥र्यो ।”

मनिलालाई देखेपछि आफ्नो धारणा नै परिवर्तन आएको भन्दै उनले अगाडि भनिन्,“उहाँलाई देखेपछि मेरो मनमा लाग्यो पूर्वजन्ममा उहाँलाई मेरो सन्तान किन बनाइदिएनन् ।”

समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान रहेको उनको भनाइ छ । “कसैले कसैलाई विभेद गर्नु हुँदैन सबै नागरिक समान हुन् । नबुझ्नेहरुका लागि जनचेतनामूलक कार्यक्रम मार्फत चेतना फैल्याउनुपर्छ जानकारी दिनुपर्छ । समतामुलक समाज निर्माण गर्नुपर्छ ।”

उनले आफूले कहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद नगरेको स्पष्ट पार्दै आगामी दिनमा समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफ्नो तहबाट सकेको सहयोग गर्ने स्पष्ट पारिन ।

 

 

समाचार शेयर गर्नुहोस्
964
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.