निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्रीसमा १५ वर्ष माथिका किशोर किशोरीलाई लिंग परिवर्तन गर्ने गरी कानुनमा सुधार

ग्रीसमा १५ वर्ष माथिका किशोर किशोरीलाई लिंग परिवर्तन गर्ने गरी कानुनमा सुधार

1k
SHARES

एथेन्स (पहिचान) असोज २५ – ग्रीसको संसदले १५ बर्ष माथिका किशोर किशोरीलाई लिंग परिवर्तन गर्ने गरी सुधार गरिएको कानुनलाई अनुमोदन गरेको छ । यस कानुनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले भने विरोध जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।

ग्रीसको बामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २ सय ८५ सदस्य रहेको संसदमा १ सय ४८ मतद्वारा लिंग परिवर्तन सम्वन्धि कानुनलाई पास गरेको हो ।

सिरिजा पार्टीको राष्ट्रवादी गठवन्धन, एनेल पार्टीका नौ मध्ये एकले मात्र कानुनको समर्थन गरेका छन् ।

विद्यमान् कानुन अनुसार ग्रीसमा आफ्नो लैंगिक पहिचानका लागि लिंग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने वाध्यता रहेको थियो । नयाँ कानुनले यसलाई अनिवार्य गर्ने छैन । प्रमुख प्रतिपक्षी दल न्यू डेमाक्रेसीले लिंग परिवर्तन गर्ने कानुनलाई समर्थन जनाएको भएपनि उमेर हदलाई १८ वर्ष तोक्नु पर्ने अडान राखेको थियो ।

तेस्रोलिंगी नागरिकले आँफू फरक लैंगिक पहिचान भएकै कारण अपमानित हुनुपर्ने थियो ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले भनेका छन्, यसलाई हामीले तोड्नु र उनीहरूको अधिकार दिनु पथ्र्यो र यो भएको छ ।

आवाजविहिन तथा समुदायमा दवाइएका अल्पसंख्यक नागरिकको पक्षमा सरकार थियो र अव उनीहरूले अपमानित हुनुपर्ने छैन, उनले थपे ।

समाचार शेयर गर्नुहोस्
1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.