कांग्रेसका सबै संरचनामा अव तेस्रोलिंगी पनि : कुन्दन काफ्ले

कांग्रेसका सबै संरचनामा अव तेस्रोलिंगी पनि : कुन्दन काफ्ले

काठमाडौं (पहिचान) असोज २९ – नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले नेपाल विद्यार्थी संघसहित कांग्रेसका सबै संचनामा तेस्रोलिंगी पनि समावेस हुने बताएका छन् । पहिचानसँगको कुराकानीमा महामन्त्री काफ्लेले कांग्रेसले नैं तेस्रोलिंगीलाई समावेस गर्न सुरु गरेकाले अरुलाई त्यसको श्रेय लिने मौका दिन नहुने बताए ।

‘नेपाली का्रग्रेसले १२ औं महाधिवेशमै तेस्रोलिंगीलाई महाधिवेशन प्रतिनिधिका रुपमा सहभागि गराएर औपचारिकरुपमा तेस्रोलिंगीलाई पहिलोपटक पार्टी संरचनामा स्थान दिएको हो,’ महामन्त्री काफ्लेले भने, ‘त्यसपछि तरुण दल र नेविसंघले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीलाई महाधिवेशनमा सहभागि गराउँदै आएका छ ।’

उनले कांग्रेसले औपचारिक सुरुवात गरेपछि कांग्रेसका भातृ संगठनहरुमा पनि औपचारिकरुपमै समलिंगी तेस्रोलिंगीलाई समाविष्ट गर्न थालेको बताए ।

‘जव कांग्रेसले पहिलोपटक समलिंगी तेस्रोलिंगी र अन्तरलिंगीलाई औपचारिक रुपमा राजनीतिक समायोजन सुरु गरेको छ भने त्यसको श्रेय अरुलाई दिने मौंका किन दिने,’ काफ्ले भने । त्यसकारण समलिंगी तेस्रोलिंगी सहित सबै अल्पसंख्यक तथा बहिस्करणमा परेकाहरुलाई कांग्रेसले समावेस गर्नुपर्ने उनले बताए ।

काफ्लेले अहिले लोकतन्त्रका विपक्षमा कम्युनिष्ट एलायन्स बनिरहेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सबै समुदायले लोकतन्त्रका पक्षमा उभिनुपर्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.